आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्न सक्ने



बिजमाण्डू
२०८० भदौ १ गते ०६:२६ | Aug 18, 2023
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्न सक्ने

काठमाडौं । आज बिहान गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा  हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको दैनिक मौसम बुलेटिनमा उल्लेख छ।

Tata
GBIME
Zonsen

आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहने र देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, महाशाखाले गण्डकी  प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह पनि गरिएको छ।

यस्तै, आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका  केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र गण्डकी  प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।