पर्यटकीय गतिविधि चलायमान हुँदा कालिञ्चोक दर्शनको नाफामा बहार, कति कमायो ?

बिजमाण्डू
२०८० साउन ३१ गते ०८:५८ | Aug 16, 2023
पर्यटकीय गतिविधि चलायमान हुँदा कालिञ्चोक दर्शनको नाफामा बहार, कति कमायो ?


काठमाडौं। पर्यटकीय गतिविधि चलायमान हुँदा कालिञ्‍चोक दर्शनको नाफामा बहार छाएको छ। कोरोना महामारीको समयमा थन्किने नै अवस्थामा पुगिसकेका यस क्षेत्रका कम्पनीहरुले पर्यटकीय गतिविधि चलायमान हुँदा नाफामा उल्लेख्य सुधार गरिरहेका छन्।

Tata
GBIME

कालिञ्‍चोक दर्शनले गत आर्थिक वर्षमा ३ करोड १९ लाख खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको सञ्‍चालन आम्दानीमा भएको उल्लेख्‍य सुधारका कारण पनि नाफा बढेको हो।

गत असार मसान्तसम्म कम्पनीले सञ्‍चालन आदानी वापत् ७ करोड ५९ लाख कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.८२ प्रतिशतले बढेको हो। कम्पनीले अघिल्लो आर्थिक वर्ष सञ्‍चालन आम्दानी वापत् ५ करोड ६७ लाख आर्जन गरेको थियो।

कम्पनीले ६ करोड ८२ लाख कुल आम्दानी गरेको छ। यो आम्दानी अघिल्लो वर्ष ५ करोड ५ लाख थियो। अन्य आम्दानी वापत् कम्पनीले २ करोड ५ लाख आर्जन गरेको छ।

आम्दानीसँगै कम्पनीको खर्च पनि बढेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कर्मचारी खर्च १८ प्रतिशतले बढेर ४६ लाख ४९ हजार पुगेको छ।

कम्पनीको कुल खर्च १ करोड ८६ लाख छ। अघिल्लो वर्ष कुल खर्च १ करोड ३४ लाख थियो। खर्चमा सामान्य वृद्धि देखिए पनि त्यसको असर भने नाफामा देखिएको छैन।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। हाल कम्पनीको प्रतिसेयर आम्दानी ५.९६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ३.०९ रुपैयाँ थियो। यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ९६.९९ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ८९ रुपैयाँ थियो।

हालसम्म यस कम्पनीको चुक्ता पुँजी ६० करोड रहेको छ। दीर्घकालीन कर्जा १३ करोड ६३ लाख र अल्पकालीन कर्जा ५ करोड ६० लाख छ।