
काठमाडौं। गोयन्का स्टिलको कारोबारमा उछाल आएको छ। इक्रा नेपालको रेटिङ विवरणअनुसार उद्योगले सन् २०२१/२२ मा ३ अर्ब ४३ करोड रुपैयाँको व्यापार गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ७७ करोड २१ लाख रुपैयाँले बढी हो। २०२०/२१ मा
उद्योगले २ अर्ब ६६ करोड रुपैयाँको व्यापार गरेको थियो। २०१९/२० मा २ अर्ब १४ करोड र २०१८/१९ मा ३ अर्ब ९४ करोड रुपैयाँको कारोबार उद्योगले गरेको थियो।
गोयन्का समूहको लगानी रहेको उद्योगमा राम गोपाल गोयन्का र उनका दुई छोराहरु अमितकुमार गोयन्का र अजय गोयन्काको सेयर स्वामित्व छ।
भारतबाट बिलेट आयात गर्दै आएको उद्योगले गोयन्का गोल्ड ब्राण्डमा डन्डी उत्पादन गरेर बिक्री गर्छ। उद्योगले ८८ हजार पाँच सय टन डन्डी उत्पादन गर्न स्वीकृति पाएको छ।
गोयन्का स्टिल प्रालिले १ अर्ब ९४ करोड ५८ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पुन: पुष्टि गराएको छ।