फक्सट्रट चार्ली : इशान र मोरङका डाक्टरको पनि सर्टिफिकेट नक्कली, समातिनेको संख्या ७ पुग्यो

बिजमाण्डू
२०८० साउन २६ गते १०:०६ | Aug 11, 2023
फक्सट्रट चार्ली : इशान र मोरङका डाक्टरको पनि सर्टिफिकेट नक्कली, समातिनेको संख्या ७ पुग्यो


काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नक्कली शैक्षिक प्रमाणपत्र भएको आरोपमा थप दुई जना डाक्टरलाई पक्राउ गरेको छ। ब्युरोको टोलीले काठमाडौंमा रहेको इशान अस्पताल र मोरङको एक क्लिनिकका डाक्टरलाई पक्राउ गरेको हो।

Tata
GBIME

इशानकी चिकित्सक श्रद्धा शिल्पकार र मोरङका मनिष चौधरीलाई नियन्त्रणमा लिइएको हो। मनिषको कक्षा १२ को शैक्षिक प्रमाणपत्र नक्कली देखिएको छ। ब्युरोले बिहीबारदेखि ‘फक्सट्रट चार्ली’ नाम दिएको अपरेसन सुरु गरेको छ। यो अपरेसन नक्कली शैक्षिक प्रमाणपत्र भएका डाक्टरलाई लक्ष्य गर्दै संचालन गरिएको हो।

ब्युरोको टोलीले बिहीबार डा. रञ्जित यादव, अमित चौधरी, एलिना साह र रामबाबु यादवलाई पक्राउ गरेको थियो। बिहीबार नै ब्युरोले कांग्रेसका सांसद समेत रहेका सुनिल शर्मालाई नक्कली सर्टिफिकेट बनाएको आरोपमा पक्राउ गरेको थियो।