
काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष (आरटीडीएफ)को रकम नतिर्ने ४८ कम्पनीलाई हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ।
प्राधिकरणले ४८ सेवा प्रदायकहरुको सूची सार्वजनिक गर्दै साउन मसान्तभित्र रकम दाखिला नगरे कारवाही गर्ने चेतावनी दिएको हो।
बुधबार सूचना जारी गर्दै प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा आर्जन गरेको कुल आम्दानीको ४ प्रतिशतले हुन आउने रोयल्टी र २ प्रतिशतले हुन आउने आरटीडीएफ रकम जम्मा गर्न ताकेता गरेको छ।
यस्तै सेवा प्रदायकहरुलाई उक्त आवको वित्तीय विवरणसहित २०७९ पुस मसान्त भित्र दाखिला गर्नुपर्नेमा हालमसम्म पनि नबुझाएको भन्दै पत्राचार गरेको हो।