वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध, अपलोड भएका कागजात भने फेर्न सकिने

रासस
२०८० साउन २४ गते १२:२५ | Aug 9, 2023
वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध, अपलोड भएका कागजात भने फेर्न सकिने


काठमाडौं। वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ। विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए।

Tata
GBIME

उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म सञ्‍चालनमा आउने छ। सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो।

अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ। यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने उनले बताए।