बालेनलाई अदालतको झड्का, व्यापारिक भवनको पार्किङ निःशुल्क गर्ने निर्णय कार्यान्वयनमा रोक

बिजमाण्डू
२०८० साउन २२ गते १९:४५ | Aug 7, 2023
बालेनलाई अदालतको झड्का, व्यापारिक भवनको पार्किङ निःशुल्क गर्ने निर्णय कार्यान्वयनमा रोक


काठमाडौं। काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई अदालतले झड्का दिएको छ। व्यापारिक भवनले पार्किङ शुल्क लिन नपाउने व्यवस्था तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको छ।

Tata
GBIME

न्यायधीश राजेन्द्र खरेलको एकल इजलासले व्यापारिक भवनले पार्किङ शुल्क लिन नपाउने व्यवस्था साउन ३० गतेसम्म कार्यान्वयन नगर्न आदेश जारी गरेको हो।

महानगरपालिकाले व्यापारिक भवनले पार्किङ शुल्क लिन नपाउने व्यवस्था गरेपछि कम्प्लेक्स डेभलपर्स एसोसिएसन अदालत गएको थियो। महानगरले पार्किङ शुल्क नउठाउन साउन १० मा सूचना जारी गरेको थियो।

सूचनामा उल्लेख गरे बमोजिमको व्यवस्था कार्यान्वयन नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो। अदालतले दुवै पक्षलाई छलफलका लागि साउन ३० गते बोलाएको छ।

महानगरपालिकाले आर्थिक ऐनमै व्यवस्था गरेर आफ्नो क्षेत्राधिकारभित्रका मार्ट, सपिङ कम्प्लेक्स लगायत व्यावसायिक भवन, अस्पताल लगायतले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने नियम कार्यान्वयनमा ल्याएको थियो।