नेप्सेको नीति तथा कार्यक्रम : आइपीओ निष्कासनदेखि स्तरीय सफ्टवेयर प्रयोगसम्म, (पूर्ण पाठ)

बिजमाण्डू
२०८० साउन २१ गते १३:४९ | Aug 6, 2023
नेप्सेको नीति तथा कार्यक्रम : आइपीओ निष्कासनदेखि स्तरीय सफ्टवेयर प्रयोगसम्म, (पूर्ण पाठ)

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले आइपीओ ल्याउने भएको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेप्सेले आइपीओ निष्कासनदेखि अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर चलाउने लगायतका योजनाहरु समेटेको छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्षमै अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त गरि डीडीए तथा आइपीओ प्रक्रिया अगाडि बढाउने नेप्सेको नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै इन्ट्रा-डे तथा ओटीसी बजार विस्तार सम्बन्धी अध्ययन गर्ने, सदस्यता तथा सुरिवेक्षण विनियमावली तर्जुमा गरि लागु गर्ने, सुपरिवेक्षणका लागि आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमको उपयोग गर्ने, नेप्सेको पावर सिस्टमको स्तरोन्नति गर्ने कार्यक्रमा छ।

साथै चालु वर्षमा नेप्सेले अन्तर्राष्ट्रिय स्तरको ‘टेस्टेड अनलाइन ट्रेडिङ सफ्टवेयर’ खरिद गर्ने छ। ओटीसी बजार विनियमावली, कर्मचारी विनियमावली, आर्थिक प्रशासनिक विनयमावलीको पनि संशोधन तथा परिमार्जन गर्ने छ।

जोखिम व्यवस्थापन तथा सम्पत्ति दायित्व सम्बन्धी कार्यविधि २०७६ संशोधन गर्ने, एसएमइ प्लेटफर्म संचालनका लागि आवश्यक विनियमावली तर्जुमा गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

यस्तै नीति कार्यक्रममा नेप्सेले चालु आर्थिक वर्षमा नयाँ डाटा सेन्टर निर्माण गर्ने तथा हाल डाटा सेन्टरमा प्रयोग भइरहेको उपकरणहरु ‘डीआर साइट’ मा लैजाने प्रक्रिया सुरु गर्ने  पनि उल्लेख गरेको छ।