
सन्नी देवल र अमिशा पटेल स्टारर बलिउड फिल्म ‘गदर २’ अगस्ट ११ मा रिलिज हुँदैछ। युनिभर्स सर्टिफिकेट पाएको यस फिल्मको अग्रिम बुकिङ खुलिसकेको छ।
हिट फिल्म गदरको सिक्वेल २२ वर्षपछि रिलिज हुन लाग्दा दर्शक निकै उत्साहित छन्। ‘गदर २’ को ओपनिङ डेका लागि २५ लाख भारतीय रुपैयाँ बराबरको १० हजार टिकट बिक्री भइसकेको दैनिक जागरणले उल्लेख गरेको छ।
त्यसैगरी, यस फिल्मका निर्देशक अनिल शर्माले पनि अग्रिम बुकिङबारे जानकारी दिएका छन्। उनका अनुसार जयपुरको राजमन्दीर हल एक हप्ताका लागि बुकिङ भइसकेको छ। भारतकै ठूला मल्टिप्लेक्स चेनहरु आईन्याक्स, पीवीआरलगायत हलहरुमा भने बुधबार साँझबाट बुकिङ खुला हुनेछ।
यो फिल्म एक प्रेम कथाको सिक्वेल हो। २००१ मा रिलिज भएको १८ करोड भारु बजेटको गदरले १३३ करोडको व्यापार गरेको थियो। सिक्वेल फिल्ममा सन्नी र अमिशासँगै नयाँ पुस्ताको प्रेम कथालाई समेटिएको छ।