बुक बिल्डिङको प्रक्रिया यही महिना टुंग्याइने, वर्ष दिनपछि सेबोन किन भयो लचिलो?

बिजमाण्डू
२०८० साउन १७ गते १२:२७ | Aug 2, 2023
बुक बिल्डिङको प्रक्रिया यही महिना टुंग्याइने, वर्ष दिनपछि सेबोन किन भयो लचिलो?

काठमाडौं। कम्पनीहरुले निवेदन दिएको वर्ष दिन नाघेपछि बल्ल बुक बिल्डिङ प्रक्रिया पुन: अघि बढ्ने भएको छ। नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ प्रक्रियामा रहेका कम्पनीको नयाँ मूल्य र नयाँ योग्य संस्थागत लगानीकर्ता(क्यूआईआई)बाट प्राप्त आवेदन दुवैलाई स्वीकृति दिएको छ।

Tata
GBIME
Nepal Life

प्रक्रिया टुंग्याएर भरसक यही महिना बोलकबोल गराउने बोर्डको योजना छ। ‘अन्तिम चरणमा पुगेको छ। बोर्डले नयाँ क्यूआईआईको प्रतिबद्धता र मूल्यलाई बारम्बार पुनरावलोकन गरेर अनुमति दिएको छ। अब कार्यान्वयन हुने चरणमा पुगेको छ,’ बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले भने, ‘कम्पनीहरुकै चासो बढी छ। सकेसम्म यही महिनाबाट प्रक्रिया अघि बढाउने तयारी छ।’   

श्रेष्ठका अनुसार बोर्डले मूल्य पुनरावलोकनलाई अनुमति दिएलगत्तै प्रक्रिया बोलकबोलमा जानेछ। जसअन्तर्गत किन्ने मनसाय बनाएकाहरुले इच्छाएको मूल्य र कित्ता कबुल गर्नुपर्नेछ। यतिबेला कसैले आशय दिएको मूल्य र कित्ताभन्दा बढी बोली पनि लगाउन पाउँछन्। तर घट्न भने मिल्दैन।

यसअघि बुक बिल्डिङमार्फत् आईपीओ निष्कासन गर्न रिलायन्स स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्टले प्रक्रिया अघि बढाए पनि बोर्डले स्वीकृति दिएको थिएन। पछि प्रक्रिया विवादित भएको भन्दै बोर्डले सरोकारवालासँग छलफल गरेको थियो। छलफलकै क्रममा कम्पनीहरुको मूल्य पुनरावलोकन गर्ने र क्यूआईआईको प्रतिबद्धता पुनर्पुष्टि गर्न बोर्डले निर्देशन दिएको थियो।

रिलायन्स स्पिनिङ मिल्सको पहिलो बोलकबोलमा आशय दिएका २८ मध्ये ४ जना पछि हटे। ५५ प्रतिशत प्रतिबद्धता तिनै चार जनाको थियो। २० प्रतिशत नेपाल टेलिकम एक्लैले किन्ने आशय दिएको थियो।

मूल्य पुनरावलोकन गर्दा निर्यातमुखी कम्पनी रिलायन्स स्पिनिङ मिल्सको मूल्यांकन बढेर आयो। मन्दीको असरले गर्दा सर्वोत्तम सिमेन्टको मूल्यांकन भने घट्यो। नयाँ मूल्यांकनपछि रिलायन्स स्पिनिङ मिल्सको प्रतिकित्ता ८७३ र सर्वोत्तम सिमेन्टको ४०१ रुपैयाँ कायम भयो। अघिल्लो पटकको प्रतिवेदनमा सर्वोत्तम सिमेन्टको ६२७ रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको ७२९.९८ रुपैयाँ थियो। 

अर्कोपट्टि कट अफ मूल्यमा परेका पुराना आवेदकले प्रतिबद्धता पुनर्पुष्टि नगर्दा अवस्था झनै जेलियो। बुक बिल्डिङ निर्देशिका अनुसार आशय दिएकाले कित्ता र मूल्यबाट पछि हट्न मिल्दैन। रिलायन्स स्पिनिङ मिल्सको पहिलो बोलकबोलमा आशय दिएका २८ मध्ये ४ जना पछि हटे। ५५ प्रतिशत प्रतिबद्धता तिनै चार जनाको थियो। २० प्रतिशत नेपाल टेलिकम एक्लैले किन्ने आशय दिएको थियो। सर्वोत्तम सिमेन्टमा बोली लगाउने २५ मध्ये ७ जना क्यूआईआईको पुनर्पुष्टि भएन। 

वाचा गरेकाहरुले मूल्य चुकाउने/नचुकाउने अनिश्चित हुँदा बिक्री प्रबन्धकले सेयर किन्ने नयाँ क्यूआईआई खोजेको थियो। रिलायन्सको कटअफभन्दा १३ रुपैयाँसम्म मूल्य बढाएर किन्न कम्पनीहरु राजी भए। यता सर्वोत्तममा कायम आवेदकले नै रिक्त सेयर किन्ने मनसाय बनाइदिए पछि जारी गरेको सेयरभन्दा बढीको आवेदन माग भएको छ। 

sebon

प्रतिबद्धता पूरा नगर्नेको हकमा निर्देशिकाले केही बोलेको छैन। अलमल हुँदा आशय लिएर समेत वाचा पूरा नगर्नेहरुलाई कारवाही गर्ने सोचेको बोर्ड सरकारी कम्पनी नै बढी हुँदा पछि हटेको हो।

बिक्री प्रबन्धकले भने पुरानाले नभए नयाँ क्यूआईआईले रिक्त प्रतिबद्धता पूरा गर्ने भन्दै प्रमाणीकरण गरिदिन बोर्डलाई पत्राचार गरेको थियो। नयाँ कतिपयले अघिल्लोपटक बोलीसमेत लगाएका थिएनन्। तर बोर्डबाट लामो समय यसबारे कुनै प्रतिक्रिया नआउँदा बुक बिल्डिङ विधि पुन: अलपत्र पर्न थालेको थियो।

पुरानैले किन्न तयार भएसम्म नयाँले अवसर नपाउने जिकिर बोर्डको थियो। त्यही भएर बोर्डले इच्छुक नयाँको आवेदनसमेत अनुमोदन नगर्ने अड्डी लिएको थियो। बोर्ड टसमस नहुँदा समग्र बुक बिल्डिङ प्रक्रिया नै अलपत्र पर्ने आकलन थियो। 

पुरानाले प्रतिबद्धता पूरा नगर्दा के गर्ने भन्नेमा बोर्ड अलमलिएको थियो किनभने निर्देशिकाले आशय दिएकाहरुले मूल्य र कित्ता घटबढ गर्न पाइँदैन मात्रै भनेको थियो। तर प्रतिबद्धता पूरा नगर्नेको हकमा निर्देशिकाले केही बोलेको छैन। अलमल हुँदा आशय लिएर समेत वाचा पूरा नगर्नेहरुलाई कारवाही गर्ने सोचेको बोर्ड सरकारी कम्पनी नै बढी हुँदा पछि हटेको हो।

रिलायन्सको कटअफमा परेको नेपाल टेलिकम, नागरिक लगानी कोष र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले प्रतिबद्धता पूरा गर्ने अझै तय छैन। भेन्चर क्यापिटल प्रालिले पनि कन्फर्मेसन दिएको छैन। सर्वोत्तम सिमेन्टमा बोली लगाउने २५ मध्ये ७ वटा पछि हटेकामा एउटा म्युचुअल फण्ड भने परिपक्व भइसकेको अवस्था छ। 

प्रक्रिया धेरै नै जेलिइसकेको पनि अब थप जेलिन नदिने मत आएकाले पछि हटेको बोर्डले उदार भएर नयाँको प्रतिबद्धता प्रमाणित गरिदिएको हो।