अस्करले घोषणा गर्‍यो ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’, प्रथम हुनेलाई एक लाख पुरस्कार

बिजमाण्डू
२०८० साउन ११ गते १२:०७ | Jul 27, 2023
अस्करले घोषणा गर्‍यो ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’, प्रथम हुनेलाई एक लाख पुरस्कार

काठमाडौं। विगत दुई दशकदेखि चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ।

Tata
GBIME

कलेजले २० वर्षमुनिको उमेर समूहमा लक्षित गरेर प्रतिस्पर्धा घोषणा गरेको हो। इच्छुकले आगामी भदौ २२ गतेभित्र आफ्नो चलचित्र पठाइसक्नु पर्ने कलेजले जनाएको छ।

प्रतिस्पर्धामा प्रथम हुने चलचित्रलाई एक लाख रुपैयाँ, दोस्रो र तेस्रो फिल्मलाई क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ प्रदान गरिने छ।

कलेजका प्रधानाध्यापक रामराजा दाहालले चलचित्र निर्माणमा प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको जानकारी दिए। 

उनले भने,’चलचित्र सिर्जनात्मक विधा भएको र युवाको मस्तिष्क सिर्जनशील हुने भएकोले युवा लक्षित प्रतिष्पर्धा गर्दैछौँ।’