
काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रति कित्ता १०० रुपैयाँको दरमा फर्दर पब्लिक इस्यु (एफपीओ) जारी गर्ने भएको छ।
कम्पनीले ४६ हजार ७३० कित्ता शेयर जारी गर्ने भएको हो। सेयर निष्काशन गर्न कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
सम्झौता—पत्रमा सूर्योदय वोमीका प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।
सूर्योदय वोमीको अधिकृत पूँजी एक अर्ब रुपैयाँ छ। चुक्ता पुँजी ९१ करोड ५४ लाख रुपैयाँ छ। संस्थाले १ लाख ७१ हजारभन्दा बढी सदस्यहरुलाई सेवा दिँदै आएको छ।
कम्पनीको १९२ वटा शाखा कार्यलयहरु छन्।