जोन्सन एन्ड जोन्सनले क्यान्सरपीडितलाई तिर्नुपर्ने भयो झण्डै अढाइ अर्ब क्षतिपूर्ति

बिजमाण्डू
२०८० साउन ३ गते ०९:२७ | Jul 19, 2023
जोन्सन एन्ड जोन्सनले क्यान्सरपीडितलाई तिर्नुपर्ने भयो झण्डै अढाइ अर्ब क्षतिपूर्ति


जोन्सन एन्ड जोन्सनले क्यलिफोर्नियाको एक पुरुषलाई १८.८ मिलियन (२ अर्ब ४७ करोड ३८ लाखभन्दा बढी) क्षतिपूर्ति दिनुपर्ने भएको छ। उक्त कम्पनीबाट उत्पादन भएको ‘बेबी पाउडर’को प्रयोगपछि क्यान्सर देखिएको भन्दै उनले मुद्दा हालेका थिए। यही प्रकारको कयौं मुद्दा कम्पनीविरुद्ध छ। ती मुद्दाहरुको छिनोफानो गर्ने प्रयत्नमा रहेको जोन्सन एन्ड जोन्सनलाई मंगलवार जुरीको निर्णयले झट्का लागेको छ।

Tata
GBIME

२४ वर्षीय इमोरी हर्नान्डेज भलाडेजले गत वर्ष कम्पनीविरुद्ध क्यालिफोर्निया स्टेट कोर्टमा मुद्दा दर्ता गरेका थिए। सानै उमेरदेखि सो कम्पनीको पाउडर प्रयोग गरेका कारण पछि आफूमा ‘मेसोथेलिओमा’ देखिएको उनले बताएका छन्।

जुरीले हर्नान्डेजले उनको मेडिकल बिलसँगै उनले भोगेको दुखाई र पीडाको क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो। तर, जुरीले कम्पनीविरुद्ध माग गरिएको दण्डात्मक क्षतिपूर्ति तिराउन भने अस्वीकार गरेको छ।

जनसन एन्ड जनसनविरुद्ध अमेरिकाका उसको पाउडरमा एस्बेसटस रहेको र त्यसबाट क्यान्सर भएको भन्दै कयौं उजुरी परेका छन्। जनसन एन्ड जनसनले भने जुरीको सो फैसलाविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन दिने भएको छ।

कम्पनीले आफ्नो वैज्ञानिक अनुसन्धानबाट आफ्नो पाउडर सुरक्षित रहेकाले त्यसमा एस्बेसटस नरहेको र क्यानसर पनि नहुने दाबी गरेको छ। कम्पनीविरुद्ध दर्ता भएका ३८ हजार उजुरी र भविष्यमा आउन सक्ने यसै प्रकारका मुद्दाहरु मिलाउन जोन्सन एन्ड जोन्सनको तर्फबाट एलटीएल म्यानेजमेन्टले गत अप्रिलमा नै न्यूजर्सीमा ‘बैंकरप्सी’ दर्ता गरिसकेको छ।

जसअन्तर्गत कम्पनीले मुद्दा मिलाउन भारी रकम तिर्ने बताइसकेको छ। ‘बैंकरप्सी’ मुद्दा चलिरहेका कारण कयौं उजुरीहरुमाथि बहस रोकिएको थियो। तर, हर्नानडेजको बाच्ने समय धेरै नभएकाले अमेरिकाको मुख्य बैंकरप्सी न्यायाधीश माइकल कप्लानले उनको मुद्दा अघि बढाउन निर्देशन दिएका थिए। (एजेन्सी)