प्रधानमन्त्री पत्नी सीता दाहालको निधन, निको नहुने जटिल रोगबाट ग्रसित

बिजमाण्डू
२०८० असार २७ गते ०९:२६ | Jul 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन, निको नहुने जटिल रोगबाट ग्रसित


काठमाडौं। प्रधानमन्त्री पत्नी सीता दाहालको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ।

Tata
GBIME

जटिल रोग (पार्किन्सन) बाट पीडित दाहाललाई बिरामीका कारण पछिल्लो पटक श्रीमान् प्रधानमन्त्री भएको समेत थाहा थिएन। तर, दाहालको निधन हृदयघातका कारण भएको पारिवारिक स्रोतले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले नर्भिकमा छन्। स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि सीतालाई आज बिहान नर्भिक ल्याइएको थियो।

ल्याइएको केही बेरमा निधन भएको हो। एक मात्र पुत्र प्रकाश दाहालको अल्पायुमा निधनपछि सीतालाई रोगले च्याप्दै लगेको थियो। प्रकाशअघि पनि उनकी छोरीको निधन भइसकेको थियो।

प्रचण्ड नेतृत्वको दशक लामो माओवादी सशस्त्र द्वन्द्वमा सीता सँगसँगै लागेकी थिइन्। स्वर्गीय दाहालको श्रीमान्, दुई छोरी छन्।