हेलिकोप्टर दुर्घटनाः मौसम खुल्यो, उद्धारमा गएको अल्टिच्युडको हेलिकोप्टर अवतरण

बिजमाण्डू
२०८० असार २६ गते १३:२६ | Jul 11, 2023
हेलिकोप्टर दुर्घटनाः मौसम खुल्यो, उद्धारमा गएको अल्टिच्युडको हेलिकोप्टर अवतरण


काठमाडौं। मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको लामजुरा पासमा मौसम खुलेसँगै अल्टिच्युड एयरको हेलिकोप्टर अवतरण भएको छ। घटनाको खबर आएपछि उद्धारका लागि काठमाडौंबाट उडेको अल्टिच्युडको हेलिकोप्टर भर्खरै अवतरण भएको मनाङका सुरक्षा प्रबन्धक राजु न्यौपानेले बताए।

Tata
GBIME

‘दुर्घटना पुष्टि भइसकेको छ। उद्धारका लागि गएको हेलिकोप्टर भर्खर अवतरण भएको छ,’ सुरक्षा प्रबन्धक न्यौपानेले भने। घटनास्थलमा हेलिकोप्टर पुगेकाले थप विवरण विस्तारै प्राप्त हुने उनले बताए।

मनाङ एयरको हेलिकोप्टर पाँच जना मेक्सिकन नागरिक लिएर सोमबार माउन्टेन फ्लाइटका लागि लुक्ला पुगेको थियो। उक्त हेलिकोप्टर काठमाडौं उडानअघि सुर्के आएर बसेको थियो।      

९एन-एएमभी कलसाइनको हेलिककोप्टर मंगलबार बिहान १० बजे यात्रुसहित सोलुखुम्बुको सुर्केबाट काठमाडौं उडान गर्ने क्रममा दुर्घटना भएको हो।