
काठमाडौं। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ।
ब्यूरोले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राउतलाई नियन्त्रणमा लिएको हो। ललिता निवास प्रकरणमा उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले विभिन्न ४ वटा मुद्दामा ४ सय ६ जनालाई फरार प्रतिवादी बनाएको छ। प्रहरीले मुद्दा नम्बर २४ मा जग्गा फिर्ता गरेकामध्ये २ सय ९ जनाको पक्राउ पुर्जी लिइसकेको छ। रावललाई भने मुद्दा नम्बर २५ मा पशुपति टिकिन्छा गुठीमा प्रकरणमा जोडिएपछि पक्राउ गरिएको हो।
त्यस्तै, मुद्दा नम्बर २५ मा पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गरेको १ सय १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। त्यस्तै छुट जग्गामा १३ जना र निवास परिसर सट्टापट्टामा ७४ जनाको पुर्जी लिएको हो।
अहिलेसम्म प्रहरीले यस प्रकरणमा १२ जनालाई समातिसकेको छ।