एटीआरलाई टक्कर दिन ल्याइएका जेट इन्जिनका जहाज आफैं थलिए, ४ वटा पार्किङमा थन्किए

वसन्तराज उप्रेती
२०८० असार २० गते १९:५० | Jul 5, 2023
एटीआरलाई टक्कर दिन ल्याइएका जेट इन्जिनका जहाज आफैं थलिए, ४ वटा पार्किङमा थन्किए


काठमाडौं। चार वर्षदेखि आन्तरिक वायुसेवा कम्पनीको करिब १ दर्जन जहाज ग्राउण्‍डेड छन्। नेपाल वायुसेवा निगम, श्री र सौर्य एयरलाइन्सका जहाज लामो समयदेखि ग्राउण्डेड छन्।

Tata
GBIME

सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको पाँच वटा चिनियाँ जहाज र एउटा ट्विनअटर ग्राउण्डेड छ। श्री एयरलाइन्सको जेट इन्जिन भएको तीनवटा सीआरजे, सौर्यको एउटा सीआरजे ग्राउण्डेड छ। सरकारी कम्पनीको व्यवस्थापन राम्रो नभएकाले जहाज ग्राउण्डेड हुनु स्वभाविक हो। तर निजी कम्पनीले नै जहाज ल्याएर किन पार्किङमा थन्क्याएका छन् ?

‘विभिन्न कम्पनीको जहाज लामो समयदेखि पार्किङमै राखिएका छन्। ती कम्पनीले आर्थिक र प्राविधिक हिसाबले यी जहाज उडान गर्दा व्यवसायिक फाइदा हुने नदेखिएपछि जहाज नै थन्काएर राखेका हुन्,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बिजमाण्डूसँग भने,’यी जहाजको पार्किङ शुल्क भने तिरेका छन्।’

करोडौं मूल्यका जहाज आर्थिक हिसाबले फाइदाजनक नभएको भन्दै कम्पनीले जहाज नै थन्क्याएर राखेको सुचना अधिकारी भुलले बताए। जेट इन्जिन जहाजमार्फत उडान गर्न श्री र सौर्यले जहाज ल्याएपनि व्यवसायिक रुपमा नाफा नहुने देखिएपछि थन्क्याएर राखिएको उनले बताए।

बम्बार्डियर कम्पनीको चारवटा सीआरजे र चारवटा क्यू-४०० सिरिज गरी कुल आठ वटा जहाज क्षमता रहेको श्रीले चारवटा जहाजमार्फत मात्र उडान गरिरहेको छ। श्रीले आफूसँग भएको दुईवटा सीआरजे ७०० जहाज विक्रीका लागि क्रेता खोजिरहेको छ।

मुलुकमै पहिलोपटक जेट इन्जिन जहाजमार्फत उडान संचालन गरेको सौर्य एयरलाइन्सले तीन मध्ये दुईवटा मात्र जहाजमार्फत सेवा दिँदै आएको छ। वित्तीय अवस्था विग्रिँदै गएपछि कम्पनी बन्दको संघारमा छ। भारतीय लगानीकर्ता कुबेर समूहले थप लगानी नगर्ने जनाउ दिइसकेको छ। त्यही कारण कम्पनीले ४० जना कर्मचारी कटौती समेत गरिसकेको छ।

के छ क्यानको नियममा ?

प्राधिकरणको नियम अनुसार कुनै पनि वायुसेवा कम्पनीले पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणबाट उडान इजाजत पाएसँगै कम्तीमा तीनवटा जहाज हुनुपर्छ।

एउटा लिजमा, आफ्नो स्वामित्व र एउटा उडान संचालनमा हुनुपर्ने प्रावधान रहेको छ। प्राधिकरणको इजाजतपछि कुनै पनि वायुसेवा कम्पनीले तोकिएको समयमा वायुयान ल्याउन नसके वा ल्याएको वायुयान सबै थन्किएर बसेमा प्राधिकरणमा कारणसहित जानकारी गराउनुपर्छ। विना जानकारी कुनैपनि वायुसेवा कम्पनीले जहाज ग्राउण्डेड गराउन नपाइने प्रावधान रहेको भुलले बताए।

‘जहाज प्राविधिक वा प्रशासनिक कारणले ग्राउण्डेड भयो भन्ने विषयले अर्थ राख्छ। अहिले गुणको प्रशासनिक कारणले जहाज ग्राउण्डेड भएको छ। सौर्यको तीन मध्ये एउटा जहाज सिचेकका लागि ग्राउण्डेड गराइएको छ,’ उनले भने।

एटीआरसँग टक्कर दिन आएका आफैं थलिए

पाँच वर्षअघि एटीआर जहाजलाई टक्कर दिन श्री र सौर्य जेट इन्जिन जहाजमार्फत सेवा सुरु गरेका  थिए। तर अहिले जेट इन्जिनमार्फत उडान भर्ने दुबै कम्पनीलाई यो जहाज पाल्न कठिन भएको छ।

‘भाडादर निर्धारण गर्दा एटीआर जहाजको हिसाबले गरिन्छ। तर एटीआरको तुलनामा जेट इन्जिनको संचालन खर्च धेरै छ। कुनै पनि गन्तब्यका लागि निर्धारण गरेको भाडादरले जेट इन्जिन जहाजलाई उडान संचालन खर्च नै उठाउन धौधौ भएको छ,’ एक एयरलाइन्सका संचालकले भने,’यसको मर्मत संभार पनि महँगो छ।’

श्रीले जेट इन्जिनको संचालन खर्च धेरै भएपछि टर्बोप्रोप इन्जिन भएको क्यू-४०० सिरिजको जहाजमार्फत उडान सेवा दिएको छ। कम्पनीले दुईवटा सीआरजे-७०० र एउटा सीआरजे-२०० सिरिजको जहाज थन्क्याएको छ। एउटा सीआरजे एयर एम्बुलेन्सको रुपमा प्रयोग गर्दै आएको छ।  

विभिन्न कम्पनीको ग्राउण्डेड जहाजको मासिक पार्किङ शुल्क:

वायुसेवा कम्पनीको नामजहाजको प्रकारनियमित पार्किङ शुल्कग्राउण्डेड जहाजको पार्किङ शुल्क
श्री एयरलाइन्ससीआरजे-२००३,९३,१२९९८,२८२
श्री एयरलाइन्ससीआरजे-७००५,७३,३१४१,४३,३२८
श्री एयरलाइन्ससीआरजे-७००५,७३,३१४१,४३,३२८
सौर्य एयरलाइन्ससीआरजे-२००३,९३१२९९८,२८२