गौतमबुद्धमा आइएलएस संचालनको जानकारी गराउन पर्यटन मन्त्रालयले भारतलाई पत्राचार गर्दै

बिजमाण्डू
२०८० जेठ २६ गते १४:२७ | Jun 9, 2023
गौतमबुद्धमा आइएलएस संचालनको जानकारी गराउन पर्यटन मन्त्रालयले भारतलाई पत्राचार गर्दै


काठमाडौं। नेपाल-भारतबीच भैरहवामा इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम संचालनका लागि सहमति भएसँगै पर्यटन मन्त्रालयले शुक्रबार परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्राचार गर्ने भएको छ।

Tata
GBIME
NLIC

मन्त्रालयले आइएलएससँगै महेन्द्रनगरबाट ‘हाइ अल्टिच्युड’ उडानका लागि पनि प्रस्ताव राखेको पर्यटन सचिव सुरेश अधिकारीले बताए। खोटाङ पुगेका पर्यटनमन्त्री सुदन किराती शुक्रबार काठमाडौं फर्किएलगत्तै मन्त्रिस्तरीय निर्णय गरेर परराष्ट्रमा पत्राचार गरिने उनले जानकारी दिए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलम एरोनोटिकल इनफर्मेशन पब्लिकेशन ‘एआइपी’ जारी गरेको र प्राविधिकरुपमा नेपाल यो प्रणाली संचालनका लागि तयार रहेको जानकारी गराउन भारतलाई पत्राचार गर्न लागिएको उनले बताए।

भारतमा पनि एआइपी प्रकाशनका लागि प्रस्ताव गर्ने उद्वेश्यले पत्राचार गर्न लागिएको उनले जानकारी दिए। यही पत्राचारमार्फत भारतलाई हाइअल्टिच्युड उडानका लागि नयाँ प्रवेशविन्दुको प्रस्ताव गरिएको उनले बताए। यो संचालनमा आउनका लागि केही समय लाग्ने उनले जानकारी दिए।  

‘नेपाल भारतबीच लो अल्टिच्युट ‘१५ हजार फीट’ उडानका लागि लगभग सहमति भइसकेको छ। हामीले यो सँगै ३० हजार फीट भन्दा माथि उडानका लागि यही पत्राचारमार्फत प्रस्ताव गरेका छौं,’ सचिव अधिकारीले भने,’यसका लागि महेन्द्रनगर विमानस्थल उपयुक्त रहेको छ।’