अडानी समूहका चार कम्पनीको सेयरको सर्किट लिमिट बढाउने एनएसई र बिएसईको निर्णय

बिजमाण्डू
२०८० जेठ २६ गते १०:५७ | Jun 9, 2023
अडानी समूहका चार कम्पनीको सेयरको सर्किट लिमिट बढाउने एनएसई र बिएसईको निर्णय


काठमाडौं। लगातार सेयर मूल्य बढेपछि अडानी समूहका चार कम्पनीका सेयरको ‘सर्किट लिमिट’ बढाउने एनएसी र बिएसीले निर्णय गरेको छ।

Tata
GBIME
NLIC

अडानी समूहका चार कम्पनी अडानी ग्रीन इनर्जी, अडानी पावर, अडानी ट्रान्समिसन र अडानी विल्मारको सेयरको अपर सर्किट लिमिट बढाइएको हो। यस सम्बन्धमा एनएसईले सर्कुलर पनि जारी गरेको छ।

सेयर बजार नियामक निकाय नेशनल स्टक एक्सचेन्ज (एनएसई)ले अडानी समूहका चार कम्पनीको मूल्यवृद्धि गरेको छ। एक्सचेन्जले प्राइस ब्यान्डमा गरेको यो परिवर्तन बुधबारदेखि लागू भएको हो।

एनएसईले अडानी पावरमा सर्किट लिमिट ५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको छ। यसबाहेक अडानी विल्मार, अडानी ग्रीन इनर्जी र अडानी ट्रान्समिसनमा सर्किट लिमिट ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएको छ।

एक्सचेन्जले अडानी समूहका कम्पनीहरुसँगै कुल १७२ कम्पनीको सेयर प्राइस ब्याण्डको सर्किट लिमिट बढाएको छ। यो जनवरीमा, अडानी ट्रान्समिसन, अडानी ग्रीन एनर्जी र अडानी टोटल ग्यासको सर्किट सीमा एनएसई र बीएसईले मूल्य आवागमन कम गर्न घटाएको थियो।

जनवरीमा सर्किट लिमिट घटाउनुको कारण अमेरिकामा रहेको सर्ट सेलर फर्म हिन्डनबर्गले अडानी समूहको बारेमा सार्वजनिक गरेको प्रतिवेदन थियो, जसका कारण समूहका सबै सेयर बिक्री भएको थियो।

हिन्डनबर्गको तर्फबाट अडानी समूहको बारेमा एउटा रिपोर्ट बाहिर ल्याइएको थियो। जसमा अडानी समूहको खातामा गडबडी रहेको भनिएको थियो। तर, अडानी समूहले यो प्रतिवेदनलाई अस्वीकार गर्दै समूहलाई नोक्सान पुर्‍याउन यो प्रतिवेदन निकालिएको बताएको छ।