डेलिभरी कम्पनी ड्यास लजिस्टिकले इलेक्ट्रिक बाइक प्रयोग गर्ने, एकैपटकमा किन्यो १० वटा

बिजमाण्डू
२०८० जेठ २३ गते १०:०० | Jun 6, 2023
डेलिभरी कम्पनी ड्यास लजिस्टिकले इलेक्ट्रिक बाइक प्रयोग गर्ने, एकैपटकमा किन्यो १० वटा

काठमाडौं। डेलिभरी सर्भिस र लजिस्टिक सेवा दिने कम्पनीहरु नयाँ सवारी खरिदमा इलेक्ट्रिकतर्फ आकर्षित छन्। डेलिभरी कम्पनी ड्यास लजिस्टिकले एकै पटक १० वटा विद्युतीय मोटरसाइकल खरिद गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले सुपर शोकोका मोटरसाइकल खरिद गरेको हो। सुपर शोकोले वातावरण दिवसको अवसर पारेर ड्यास लजिस्टिकलाई मोटरसाइकल हस्तान्तरण गरेको छ।

ड्यास लजिस्टिकले पार्सल डेलिभरी, बी२बी सेवा, सीमापार ढुवानी जस्ता सेवा दिँदै आएको छ।

विद्युतीय मोटरसाइकल समयको माग भएकाले खरिद गरेको जनाएको कम्पनीले भविष्यमा यसलाई निरन्तरता दिने उल्लेख गरेको छ।

विद्युतीय दुइपांग्रेको प्रयोगले कम्पनीको नाफा वृद्धि, नेपालमा उत्पादन भएको विद्युतको खपत, विदेशी मुद्रा सञ्चितिमा टेवा पुर्‍याउनुका साथै पर्यावरणमा जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएको कारण कम्पनीको रोजाइमा परेको जनाएको छ।

कम्पनीले सुपर शोको टीसी मोटरसाइकल ५ युनिट र टीसी वन्डरर ५ युनिट खरिद गरेको हो। यी दुवै मोडलका मोटरसाइकल एउटालाई ३ लाख ९९ हजार ९०० रुपैयाँ पर्छ।

सुपर शोको टीसीमा १.९ किलोवाटको वोस मोटर छ। यसको टप स्पीड ८० किलोमिटर प्रतिघन्टा छ। यसमा भएको ब्याट्रीले ८० देखि १६० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।

त्यस्तै टीसी वन्डररमा २.५ किलोवाट क्षमताको मोटर उपलब्ध छ। यसको टप स्पीड ७५ किलोमिटर प्रतिघन्टा छ। यसमा रहेको ब्याट्रीले १०० देखि २०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।