कर फर्छ्यौट मुद्दामा चुडामणि शर्मा दोषी ठहर, गैरकानुनी सम्पत्ति आर्जनमा भने सफाइ

बिजमाण्डू
२०८० जेठ १८ गते १९:०५ | Jun 1, 2023
कर फर्छ्यौट मुद्दामा चुडामणि शर्मा दोषी ठहर, गैरकानुनी सम्पत्ति आर्जनमा भने सफाइ

काठमाडौं। कर फर्छ्योट आयोगको भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणि शर्मालाई विशेष अदालतले दोषी ठहर गरेको छ। शर्माले गैरकानुनी सम्पत्ति आर्जनमा सफाइ पाएको र राजश्व चुहावटमा कसुर ठहर भएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए।

Tata
GBIME
Nepal Life

‘गैरकानुनी सम्पत्ति आर्जनमा सफाइ पाउनु भएको हो। राजश्व चुहावटमा कसुर ठहर भएको छ,’ योगीले भने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा शर्मासहित आयोगका ३ पदाधिकारीलाई दोषी ठहर गरिएको हो।

कसुर भने निर्धारण नगरिएको योगीले बताए। कसुर निर्धारणका लागि २५ गतेका लागि पेशी तोकिएको उनले बताए।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका सदस्य शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको छ।