विश्वकै लामो केवलकार निर्माण अगाडि बढ्यो, चार जिल्ला छोएर मुक्तिनाथ मन्दिरनेर पुग्ने

बिजमाण्डू
२०८० जेठ २ गते ०९:०८ | May 16, 2023
विश्वकै लामो केवलकार निर्माण अगाडि बढ्यो, चार जिल्ला छोएर मुक्तिनाथ मन्दिरनेर पुग्ने

काठमाडौं। चार जिल्लालाई जोड्ने केवलकार परियोजना अगाडि बढ्ने भएको छ। सेराबेंशी (पर्वत)-मुक्तिनाथ केवलकार आयोजना अगाडि बढ्ने भएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले परियोजना विकासका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु गरेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको मोदी गाउँपालिका र मुस्ताङको घरापझोंग, थासाङ र बह्रागउँ मुक्तिक्षेत्र गाउँपालिकामा मुक्तिनाथ दर्शन प्रालिले  केवलकार परियोजना सञ्चालन गर्न लागेको छ।

 कम्पनीले ६ दिनसम्म स्थानीयसँग अन्तर्कृया गर्न खोजेको छ। जेट ११ देखि जेड १७ गतेसम्म प्रभावित गाउँपालिकाका बासिन्दासँग छलफल हुने छ।

कालीगण्डकी नदी र मोदी नदीको जलाधार क्षेत्र हुँदै जाने आयोजना पर्वतको शेराफाँटबाट सुरु हुने छ। मुक्तिनाथ मन्दिरनेरको रानीपौवासम्म केवलकार सञ्चालन हुने छ। आयोजना विश्वकै सबैभन्दा लामो परियोजनाका रुपमा कल्पना र डिजाइन गरिएको छ। आयोजनाले १७७.३८२ हेक्टर वन क्षेत्र प्रयोग गर्छ।