सानिमा हाइड्रोको नाफा २०% घट्यो, नगद मौज्दात घटेपनि ब्याज आम्दानीमा ३७% को वृद्धि

बिजमाण्डू
२०८० बैशाख २१ गते १०:०५ | May 4, 2023
सानिमा हाइड्रोको नाफा २०% घट्यो, नगद मौज्दात घटेपनि ब्याज आम्दानीमा ३७% को वृद्धि


काठमाडौं। विद्युत उत्पादनमा ह्रास आउँदा सानिमा माइ हाइड्रोपावरको नाफा २०.४ प्रतिशत घटेको कम्पनीले जनाएको छ।

Tata
GBIME
NLIC

चालु आवको चैत मसान्तसम्म कम्पनीले ३५ करोड ८२ लाख रुपैयाँ मात्रै खुद आम्दानी कमाएको छ जुन पोहोर चैतमा ४५ करोड ६४ लाख रुपैयाँ थियो।

कम्पनीका अनुसार नाफा घट्नुको प्रमुख कारण विद्युत बिक्री मै आएको कमी हो। पोहोर चैतको तुलनामा यस्तो आम्दानी १६.२ प्रतिशत घटेको छ।

आम्दानी घट्नुको मुख्य दुई कारण छन्। पहिलो प्रतिकुल मौसम हो। जसले आम्दानी घट्न ८.३२ प्रतिशतको योगदान पुर्‍यायो। बाँकी ७.८६ प्रतिशत माइ हाइड्रोपावरको विद्युत बिक्री मूल्यको सम्झौता अन्त्य हुँदा प्रभावित भएको कम्पनीले उल्लेख गरेको छ। कम्पनीको सञ्चालन लागत १४.४ प्रतिशत बढ्यो।

ब्याजदर वृद्धिको प्रभाव पनि कम्पनीको आम्दानीमा परेको छ। कर्जा घटेका कारण ब्याज भुक्तानी १४.६ प्रतिशत घटेको छ। निक्षेपको ब्यादर बढ्दा कम्पनीको नगद मौज्दात घटेपनि ब्याज आम्दानी ३७ प्रतिशत बढेको छ। 

नाफा घट्दा प्रति सेयर आम्दानी ११.६० रुपैयाँमा ओर्लिएको छ। तर नेटवर्थ भने बढेको छ। पोहोर १२६.८० रुपैयाँ रहेको प्रति सेयर नेटवर्थ २१३.८१ रुपैयाँमा उक्लिएको हो।