बैंकहरुले बैशाखदेखि लागू हुने ब्याजदर सार्वजनिक गरे, विकास बैंकको पनि घट्यो

बिजमाण्डू
२०७९ चैत्र ३० गते ०९:२० | Apr 13, 2023
बैंकहरुले बैशाखदेखि लागू हुने ब्याजदर सार्वजनिक गरे, विकास बैंकको पनि घट्यो


काठमाडौं। वाणिज्य बैंकहरुले घटेको ब्याजदर बिहीबार सार्वजनिक गरेका छन्। व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा ओर्लिएको छ।

Tata
GBIME
NLIC

वाणिज्य बैंकहरुले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदरमा कटौती गरेका हुन्।

नेपाल बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले निक्षेपको ब्याज दर कटौती गर्ने निर्णय गरेको थियो।

बैठकले फागुनमा ११ प्रतिशत रहेको साधारण मुद्दतीको ब्याज दर ९.९९ प्रतिशतमा सिमित छ। रेमिटेन्स खातामा भने न्यूनतम एक प्रतिशत थप ब्याज दिएका छन्।

संघको निर्णय अनुसार मुद्दती मात्र नभएर बचत, संस्थागत र कल निक्षेपको ब्याजदर पनि घटाएको छ। बैंकहरुले संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशतमा ल्याएका छन्।

बैंकहरुले बचतमा ५.४ देखि ८.४ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्। कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा सिमित छ।

विकास बैंकहरुले पनि एक वर्षदेखि माथिको मुद्दतीमा एउटा र एक वर्षभन्दा कमको मुद्दतीमा अर्कोथरी ब्याज दिएका छन्। एक वर्षभन्दा कमलाई १०.५० प्रतिशत र त्यो भन्दा माथिको मुद्दतीलाई १०.६० प्रतिशत दिएका छन्। तर रेमिटेन्स खातामा भने ११.६० प्रतिशत छ।

संस्थागतलाई पनि एक वर्षदेखि माथिको मुद्दतीमा ८.६० र त्यस अवधिभन्दा कममा ८.५० प्रतिशत दिने जाएका छन्। कल खातामा ३ प्रतिशतसम्म मोलतोल गर्न पाइन्छ।

बचतमा ६ प्रतिशतदेखि ९ प्रतिशतसम्म दिने जनाएका छन्।