एफएनसीसीआइ चुनावको मतगणना अघि बढाउन मुख्य निर्वाचन अधिकृतले वरिष्ठ उपाध्यक्षका उम्मेदवारसहितलाई बैठकमा बोलाए

बिजमाण्डू
२०७९ चैत्र २९ गते १७:५० | Apr 12, 2023
एफएनसीसीआइ चुनावको मतगणना अघि बढाउन मुख्य निर्वाचन अधिकृतले वरिष्ठ उपाध्यक्षका उम्मेदवारसहितलाई बैठकमा बोलाए

काठमाडौं। एसोसिएट तर्फको मतदान सकिन १५ मिनेट बाँकी हुँदा मतगणना अघि बढाउन मुख्य निर्वाचन अधिकृतले छलफल बोलाएका छन्।

Tata
GBIME

मुख्य निर्वाचन अधिकृतले मतगणना प्रक्रिया अघि बढाउन वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षका उम्मेद्वार, वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्षलाई छलफलमा डाकेका हुन्।

मतदान गर्न ६ बजेसम्मको समय छ। निर्वाचन ढिलो सुरु भएपछि मतदानको समय दुई घण्टा थपिएको थियो।