ग्रीन डेभलपमेन्ट बैंकको बढेन लाभांश दर, सेयरधनीलाई फेरि ४ प्रतिशत प्रस्ताव

बिजमाण्डू
२०७९ चैत्र २७ गते १२:०४ | Apr 10, 2023
ग्रीन डेभलपमेन्ट बैंकको बढेन लाभांश दर, सेयरधनीलाई फेरि ४ प्रतिशत प्रस्ताव


काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्ने लाभांश यसपटक नबढ्ने भएको छ। सञ्चालक समितिले गत आर्थिक वर्षका लागि अघिल्लोपटककै दर पुनः प्रस्ताव गरेको छ।

Tata
GBIME
NLIC

बैंक सञ्चालक समितिको आइतबार भएको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

जसमध्ये बैंकले चुक्ता पुँजीको ३.८० प्रतिशतले हुन आउने १ करोड ९७ लाख बराबरको बोनस सेयर र ०.२० प्रतिशतले हुन आउने १० लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव छ।

हाल बैंकको चुक्ता पुँजी ५१ करोड ९० लाख छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी ५३ करोड ८७ लाख पुग्ने छ।

बैंकले यसअघि आर्थिक वर्ष २०७६/७७ मा पनि लगानीकर्तालाई ४ प्रतिशत नै लाभांश वितरण गरेको थियो।

गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्ने प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैक र आउँदो वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात लगानीकर्ताहरुलाई वितरण गरिने छ।

हाल यस बैंकको सेयर कारोबार प्रति कित्ता २३७ रुपैयाँको हाराहारीमा भइरहेको छ। यस बैंकमा संस्थापक सेयरधनीहरुको सेयर स्वामित्व ५५ प्रतिशत र सर्वसाधरणको ४५ प्रतिशत छ।