
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिवद्वय शुभराज न्यौपाने र कुबेर नेपाली सहसचिव (प्राविधिक) मा बढुवा भएका छन्।
लोकसेवा आयोगले लिएको लिखित तथा अन्तर्वार्ता परीक्षा उत्तीर्ण गरेर सहसचिवमा बढुवा भएका हुन्। लोकसेवा आयोगले चैत २२ गते सूचना निकालेर अन्तर्वार्तामा सफल भएको उल्लेख गरेको छ।
शुक्रबार दुवै जनाले नियुक्ति पत्र बुझेका छन्। बढुवा भएका दुवै सहसचिवलाई मन्त्रालयमा पदस्थापन गरिएको छ। जिम्मेवारी भने नतोकिएको नेपालीले बताए।
नेपाली हिलिहाङ-१ पाँचथरका हुन्। उनी यसअघि तमोर करिडोर आयोजना प्रमुखका रुपमा कार्यरत थिए। उनी सडक डिभिजन काठमाडौंको प्रमुख समेत भएर काम गरिसकेका छन्। उनले लकडाउनको समयमा काठमाडौंका सडक मर्मत, सम्भार गरेर चिटिक्क पारेको भन्दै चर्चा समेत भएको थियो।
न्यौपाने लिखु तामाकोसी-६ रामेछापका हुन्। उनी यस अघि मन्त्रालयमै थिए। त्यस अघि उनले पुल सेक्टर पोखरा, सडक डिभिजन विराटनगरमा काम गरिसकेका छन्।