एनसेलको सीइओमा जब्बोर कायुमोभ, एन्डी चोङ बढुवा हुँदै आजियाटा ग्रुपमै फर्किए

बिजमाण्डू
२०७९ चैत्र २४ गते ११:३० | Apr 7, 2023
एनसेलको सीइओमा जब्बोर कायुमोभ, एन्डी चोङ बढुवा हुँदै आजियाटा ग्रुपमै फर्किए

काठमाडौं। दूरसंचार सेवा प्रदायक एनसेल आजियाटाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा जब्बोर कायुमोभ नियुक्त भएका छन्। यसअघि एनसेलको सीइओ रहका एन्डी चोङलाई बढुवा गर्दै माउ कम्पनी आजियाटामै फिर्ता बोलाइएको छ।

Tata
GBIME
Nepal Life

चोङ आजियाटा ग्रुपको प्रमुख कर्पोरेट अधिकृतमा बढुवा भएका हुन्। अब चोङले आजियाटा ग्रुपमा यसअघि भन्दा ठूलो भूमिका पाएका छन्। चोङले कम्पनीको नियमन, स्ट्र्याटेजिक कम्युनेकेसन, मार्केटिङलगायत हेर्ने गरी बढुवा भएका छन्।

चोङको यो नियुक्ति २०२३ जुन १ देखि लागु हुनेछ।

चोङलाई आजियाटा समूहले सन् २०१९ नोभेम्बरमा एनसेलको सीइओ/प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो। कायुमोभ नेपाली दूरसंचार क्षेत्रका लागि नयाँ होइनन्। यसअघि सन् २०१३ मेदेखि २०१६ अक्टोबरसम्म उनी स्मार्ट टेलिकमको सीसीओ/सीइओ थिए। एनसेलका लागि पनि उनी नयाँ अनुहार होइनन्।

त्योभन्दा अघि २०११ अप्रिलदेखि २०१२ नोभेम्बरसम्म कायुमोभले एनसेलको सीसीओ पदमा काम गरेका थिए।
२०१० देखि २०११ सम्म कायुमोभले टीसेल ताजिकिस्तानमा सीइओ (नर्थ) बनेका थिए।

कायुमोभ आजियाटा भित्रिनुअघि डिजिसेल समूहमा कार्यरत थिए। उनले डिजिसेल ट्रिनिड्याड र टोबागोको सीइओका रुपमा भित्रिएका थिए।

२०१८ जुनदेखि २०२० नोभेम्बरसम्म उनी डिजिसेल ट्रिनिड्याड र टोबागोको सीइओ भए। त्यसपछि २०२० नोभेम्बरदेखि २०२३ अप्रिलसम्म उनी डिजिसेल जमाइकाको सीइओ र बोर्ड सदस्या भए। उनी एनसेल आउने भएपछि गत मंसिर मै डिजिसेल जमाइकाको सीइओबाट राजीनामा दिएका थिए। नयाँ सीइओले अर्को महिना मे १० बाट एनसेलको कार्यभार सम्हाल्ने छन्।

यता चोङले भने सन् २००८ मा आजियाटा समूह भित्रिएका थिए। २०१४ सम्म चोङ ग्रुप मार्केटिङ र अपरेसनमा वरिष्ठ उपाध्यक्ष थिए। त्यसपछि चोङ एनसेलको अन्तरिम प्रमुख कमर्सियल अधिकृत बने। २०१७ मा उनले आजियाटा डिजिटलका लागि कन्सल्टेन्टको रुपमा काम गरे।

२०१८ जनवरीमा चोङ पुन: एनसेलमा प्रमुख कमर्सियल अधिकृत (सीसीओ) नियुक्त भए। २०१८ मेमा चोङले एनसेलको कामु सीइओका साथै सीसीओको जिम्मेवारी पाएका थिए। एनसेलले भने औपचारिक रुपमा सीइओ हेरफेर बारे कुनै जानकारी गराएको छैन।