
काठमाडौं। सेवा प्रवाहमा विभिन्न समस्या झेलिरहेको नेपाल वायुसेवा निगमले प्रवक्ताबाट अर्चना खड्कालाई हटाएको छ। निगमले उपनिर्देशक रमेश पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ।
कमर्सियल विभागमा उप-निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका पौडेललाई आइतबारबाटै लागू हुनेगरी नयाँ प्रवक्ता तोकिएको हो।
‘आजबाट लागू हुने गरी यो जिम्मेवारी दिइएको छ। उपनिर्देशकसँगै अतिरिक्त जिम्मेवारी दिइएको छ,’ नवनियुक्त प्रवक्ता पौडेलले भने।
खड्का कमर्सियल विभागकै निर्देशकको रुपमा कार्यरत छिन्। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आइतबारै पत्र जारी गर्दै प्रवक्ता परिवर्तनको सूचना जारी गरेका छन्।