जहाजको क्याबिन सेफ्टीलाई क्यानको नयाँ निर्देशन, ‘अनावश्यक एयरहोस्टेसलाई ककपिटमा नबोलाउ’



२०७९ चैत्र १७ गते १८:४८
जहाजको क्याबिन सेफ्टीलाई क्यानको नयाँ निर्देशन,  ‘अनावश्यक एयरहोस्टेसलाई ककपिटमा नबोलाउ’


काठमाडौं। एयर होस्टेसले भोग्दै आएको दुर्व्यवहारलाई मध्यनजर गर्दै  नागरिक उड्डयन प्राधिकरणले मुलुकमा संचालित सबै वायुसेवा कम्पनीका लागि क्याविन सेफ्टी निर्देशिका जारी गरेको छ।

Tata
GBIME

ककपिटसँगै क्याविन सुरक्षाको उत्तिकै महत्त्व रहेका कारण प्राधिकरणले निर्देशन जारी गरेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

‘हामीले केही समय अगाडि विभिन्न वायुसेवामा कार्यरत एयर होस्टेससँग छलफल गरेका थियौं। उहाँहरुले भोग्दै आउनुभएको समस्यालाई मध्यनजर गर्दै हामीले यो सर्कुलर जारी गरेका हौं,’ सुचना अधिकारी भुलले भने,’स्टाण्डर्ड अपरेशन प्रोसिड्योर अनुसार काम गर्न अनिवार्य गरिएको छ।’

एयर होस्टेसलाई उडानका क्रममा हेपेर प्रश्न सोध्ने, ककपिटमा अनावश्यक बोलाउने लगायत क्रियाकलाप नगर्न निर्देशन दिइएको उनले जानकारी दिए। जहाज उडानमा आवद्ध सबै एयर होस्टेसलाई बराबर मौका दिन निर्देशन दिइएको छ।

यसैगरी जहाजको ढोका बन्द भएको निश्चित भएपछि मात्र जहाज उडान गर्नका लागि निर्देशन दिइएको उनले बताए। ‘सिट बेल्ट बाँधे/नबाँधेको निश्चित, सेफ्टी डेमोन्स्ट्रेसन सकिएपछि मात्र जहाज ट्याक्सी गर्नका लागि  निर्देशन दिइएको छ,’उनले भने।