राष्ट्र बैंकले अंकुश लगाइरहेका बेला नेष्डो समृद्ध लघुवित्तको ७३.६८ लाभांश घोषणा

बिजमाण्डू
२०७९ चैत्र १२ गते ११:०६ | Mar 26, 2023
राष्ट्र बैंकले अंकुश लगाइरहेका बेला नेष्डो समृद्ध लघुवित्तको ७३.६८ लाभांश घोषणा


काठमाडौं। नेष्डो समृद्ध लघुवित्तले बम्पर लाभांश प्रस्ताव गरेको छ। पहिलो लाभांशका लागि लघुवित्तले सेयरधनीलाई ७३.६८ प्रतिशत घोषणा गरेको हो।

Tata
GBIME
NLIC

सञ्चालक समितिले ५० प्रतिशत बोनस सेयर दिने निर्यण गरेको छ। बाँकी २३.६८ प्रतिशत नगद हो। कर प्रयोजनको रकम पनि नगद मै समावेश गरेको छ।

हाल लघुवित्तको चुक्ता पुँजी २५ करोड २५ लाख रुपैयाँ छ। लाभांशको सहायतामा लघुवित्तले चुक्ता पुँजी बढाउँने निर्णय गरेको हो। प्रस्तावित बोनस वितरण पछि चुक्ता पुँजी १२ करोड ७५ लाख रुपैयाँले बढ्नेछ।

तर, लाभांश प्रस्तावलाई राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले पारित गर्नुपर्छ। राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरणमा मापदण्ड तोकिदिएको छ। जस अनुसार १५ प्रतिशतभन्दा बढी वितरण गर्नुपरे सम्बन्धित लघुवित्तले १५ प्रतिशतभन्दा बढीको लाभांश रकम बेग्लाबेग्लै कोषहरुमा सञ्चित गर्नुपर्छ।