तीन कम्पनीका पाइलट कारबाहीमा, प्याराग्लाइडिङको ठाउँमा हेलिकोप्टरले किन गर्‍यो उडान?

बिजमाण्डू
२०७९ चैत्र १० गते १२:२८ | Mar 24, 2023
तीन कम्पनीका पाइलट कारबाहीमा, प्याराग्लाइडिङको ठाउँमा हेलिकोप्टरले किन गर्‍यो उडान?

काठमाडौं। नियमविपरीत उडान गरेको आरोपमा नागरिक उड्डयन प्राधिकरणले तीनवटा हेलिकोप्टर कम्पनीका पाइलटलाई कारबाही गरेको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले अन्नपूर्ण, एयर डाइनेष्टी र फिस्टेल हेलिकोप्टरका पाइलटलाई कारबाहीस्वरुप ग्राउण्डेड गरेको प्रवक्ता जगन्नाथ निरौलाले बताए। ‘नियम मिचेर उडान गरेको खुलेपछि कारबाही गरिएको हो,’ उनले भने।

उड्डयन सुरक्षा सुदृढीकरणका लागि प्राधिकरणले नियमनमा कडाइ गरिरहेको उनले बताए। ‘तीनवटा हेलिकोप्टरले गरेको नियम उल्लंघन उड्डयन सुरक्षा र पाइलटको आचरणसँग जोडिएको छ,’ प्रवक्ता निरौलाले भने,’अहिले पाइलटलाई ग्राउण्डेड गरेका छौं। बयानका आधारमा अगाडिको कारबाही हुनेछ।’   

गत मंगलबार अन्नपूर्ण हेलिकोप्टरले लुक्ला उडान क्रममा एटीसीसँग उड्डयन सम्बन्धी पालना गर्नुपर्ने सञ्चार शब्द प्रयोग नगरेको आरोप छ।

यसैगरी पोखरामा प्याराग्लाइडिङको उडानका लागि हेलिकोप्टरलाई बन्देज गरिएको क्षेत्रमा उडान गरेकाले एयर डाइनेष्टी र फिस्टेल एयरका पाइलटलाई ग्राउण्डेड गरिएको उनले बताए।