सानिमा मिडल तमोर हाइड्रोपावरको आइपीओ बाँडियो, ८ जनाले पाए ११/११ कित्ता

बिजमाण्डू
२०७९ चैत्र ८ गते ११:०८ | Mar 22, 2023
सानिमा मिडल तमोर हाइड्रोपावरको आइपीओ बाँडियो, ८ जनाले पाए ११/११ कित्ता

काठमाडौं। मागभन्दा साढे ३ गुणा बढी आवेदन परेको सानिमा मिडल तमोर हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट भएको छ। योग्य आवेदनमध्येका ४ लाख २४ हजार ८ सय ९३ जनाले १०/१० कित्ता हात पारेका छन्। जसमध्येका ८ जनाले फेरी १/१ कित्ता पाए।

Tata
GBIME

१३ लाख ५६ हजार ३ सय ४१ जनाबाट १ करोड ५० लाख ८८ हजार ८ सय ८० कित्ता सेयरका लागि आवेदन परेको थियो।

जसमध्ये १३ लाख ४८ हजार ३ सय ४२ जना आवेदक योग्य थिए। उनीहरुको १ करोड ४९ लाख ७२ हजार २० कित्ता सेयर बराबरको आवेदन प्रमाणित भएको हो। आइपीओमा मागभन्दा ३.५२ गुणा बढी आवेदन परेको थियो। ७ हजार ९ सय ९९ जना आवेदकको १ लाख १६ हजार ८ सय ६० कित्ता आवेदन रद्द भएको छ।

प्रमाणित मध्येका ४ लाख २४ हजार ८ सय ९३ जनाले १०/१० कित्ताका दरले आइपीओ हात पारेका छन्। अतिरिक्त ८ कित्ता पनि उनीहरु माझ गोलाप्रथा गरी एक एक कित्ताका दरले बाँडिएको छ।

कम्पनीले गत फागुन २६ देखि ३० गतेसम्म ४९ लाख ९८ हजार ७५० कित्ता आइपीओ बिक्रीका लागि दरखास्त खुलाएको थियो। ४२ लाख ४८ हजार ९३८ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो।