पुरानो १६ अर्ब ८३ करोड नवीकरणसहित २३ अर्ब ८३ करोड आन्तरिक ऋण उठाइँदै

बिजमाण्डू
२०७९ चैत्र ५ गते १५:५८ | Mar 19, 2023
पुरानो १६ अर्ब ८३ करोड नवीकरणसहित २३ अर्ब ८३ करोड आन्तरिक ऋण उठाइँदै

काठमाडौं। सरकारले पुरानो १६ अर्ब ८३ करोड रुपैयाँ नवीकरणसहित कुल २३ अर्ब ८३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ।

Tata
GBIME

राष्ट्र बैंकमार्फत सरकारले सोमबार आन्तरिक ऋण उठाउन लागेको हो। सरकारले ७ अर्ब रुपैयाँ नयाँ ऋण लिने छ।

राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाइदिने छ।

राष्ट्र बैंकले २८ दिने ट्रेजरी मार्फत ५ अर्ब र ९१ दिनेमार्फत अर्को ५ अर्ब ५३ करोड रुपैयाँ ऋण उठाइ दिने छ। १८२ दिने ४ अर्ब ३० करोड उठाइ दिने छ।

३६४ दिने २ अर्ब रुपैयाँ नवीकरण गर्न लागेको छ भने ७ अर्ब रुपैयाँ नयाँ लिन लागेको हो।