विश्व बजारलाई तेल मूल्य महँगो पर्दा साउदी तेल उत्पादक अरामको नाफा १६१ अर्ब डलर

२०७९ फागुन २९ गते ०८:०२
विश्व बजारलाई तेल मूल्य महँगो पर्दा साउदी तेल उत्पादक अरामको नाफा १६१ अर्ब डलर


काठमाडौं। युक्रेन र रुस युद्ध सुरु भएदेखि विश्व बजारले महँगोमा तेल खरिद गर्नु परिरहेको छ। युद्धपछि इन्धनको मूल्य दोब्बरले बढेको छ। यसको फाइदा भने तेल बिक्री गर्ने कम्पनीहरुलाई भएको छ।

TATA
GBIME

तेल उत्पादन गर्ने साउदी अरामकोले गत वर्ष १ खर्ब ६१ अर्ब १० करोड अमेरिकी डलर बराबरको कीर्तिमानी मुनाफा आर्जन गरेको छ।

यो कम्पनी एप्पलपछि विश्वकै दोस्रो ठूलो कम्पनी हो। कम्पनीका अनुसार सन् २०२१ को १ खर्ब १० अर्ब अमेरिकी डलरको तुलनामा सन् २०२२ को खुद आम्दानी ४६ प्रतिशतले बढेको हो।

 कच्चा तेलको उच्च मूल्य र प्रशोधन नाफाको प्रभावका कारण नाफा भएको कम्पनीले प्रतिवेदनमा उल्लेख गरेको छ। सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वव्यापी ऊर्जाको मूल्य बढेको थियो।

एम्नेस्टी इन्टरनेसनलले अरामकोको नाफालाई एकै वर्षमा कुनै पनि कम्पनीले सार्वजनिक गरेको अहिलेसम्मकै सबैभन्दा धेरै नाफा भनेको छ। साथै एम्नेस्टी इन्टरनेसनलले यसलाई नवीकरणीय ऊर्जामा मानव अधिकारमा आधारित सङ्क्रमणको लागि वित्त पोषण गर्न प्रयोग गरिनुपर्ने धारणा व्यक्त गरेको थियो।

त्यसैले त्यहाँको सरकारले विनफल कर लगाउने कानुन निर्माण गरेको थियो। यस्ता तेल बिक्री गर्ने कम्पनीहरुले कमाएको नाफामा ४० प्रतिशतसम्म विनफल कर लगाउन सकिने प्रावधान रहेको छ। कतिपय देशहरुले यस्ता कम्पनीहरुको नाफा यस्तो खाले वीनफल कर लगाउदै आएको छ।

यसरी लगाएको करले सामाजिक हितमा काम गर्ने गरी खडा गरिएको कोषमा जम्मा गर्ने र खर्च गर्ने गरेको छ।


Sunrise Bank