माघमा मुलुकमा महँगी बढ्यो, काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत पुग्यो

बिजमाण्डू
२०७९ फागुन २८ गते १२:५२ | Mar 12, 2023
माघमा मुलुकमा महँगी बढ्यो, काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत पुग्यो

काठमाडौं। माघमा मुलुकमा महँगी बढेको छ। चालु वर्षको माघसम्मको तथ्यांक अनुसार वार्षिक उपभोक्ता मुद्रास्फीति दर ७.८८ प्रतिशत पुगेको छ।

Tata
GBIME
Nepal Life

पुस मसान्तसम्म ७.२६ प्रतिशत कायम थियो। यस्तै पोहोर माघमा मुद्रास्फीति दर ६.२४ प्रतिशत थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार माघमा खाद्य तथा पेय पदार्थ समूह मुद्रास्फीति ६.१९ प्रतिशत छ। गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको हो।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र
हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको छ।