राष्ट्रपतिको निर्वाचनमा ५० सांसद अनुपस्थित, साँझ ७ बजेसम्म निर्वाचन परिणाम आइसक्ने



२०७९ फागुन २५ गते १५:३५
राष्ट्रपतिको निर्वाचनमा ५० सांसद अनुपस्थित, साँझ ७ बजेसम्म निर्वाचन परिणाम आइसक्ने


काठमाडौं। राष्ट्रपतिको निर्वाचनमा मदतान सम्पन्न भएको छ। नयाँ राष्ट‍्रपतिका लागि बिहीवार भएको मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सांसदले मतदान गरेका छन्।

TATA
GBIME

कुल ८८१ मतदाता रहेकोमा आज ८३१ मतमात्र खसेको निर्वाचन अधिकृत कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जनाइन्।

मतदाता नामावलीमा संघीय संसद ३३१ जना र प्रदेश सभा सदस्य ५५० गरी कुल ८ सय ८१ जनाको नाम समावेश रहेको थियो।

राष्ट्रपतिको मतगणना केहीबेरमै शुरु हुने शर्माले बताइन्। राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्। साँझ ७ बजेसम्ममा मतपरिणाम आइसक्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी रहेको शर्माको भनाई छ।


Sunrise Bank