महिला दिवसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका एक सय एक महिला सम्मानित हुँदै

बिजमाण्डू
२०७९ फागुन २४ गते ०९:१६ | Mar 8, 2023
महिला दिवसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका एक सय एक महिला सम्मानित हुँदै


काठमाडौं। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमाअग्रणी भूमिका निर्वाह गर्ने महिलाहरुलाई सम्मान गरिने भएको छ।

Tata
GBIME
Nepal Life

वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले गर्न लागेको कार्यक्रममा एक सय एक (१०१) महिलाहरुको बारेमा समावेश भएको किताब समेत सार्वजनिक गर्दैछ।  

प्रविधिलाई प्रयोग गरी कसरी लैंगिक समानता ल्याउन सकिन्छ भन्ने बारेमा ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी ’ विषयमा कन्फ्रेन्स हुने डब्लुआइआइटी संस्थाका अध्यक्ष गुणकेशरी प्रधानले जानकारी दिइन् । 

उक्त कार्यक्रम प्रतिनिधिसभाका सांसद सुमना श्रेष्ठ प्रमुख वक्ताको रुपमा रहेकी छिन्। कन्फ्रेन्समा एसिया प्यासिफिक टेलिकम्युनियुनिटीकी पूर्व कार्यक्रम संयोजक एलिसा राजभण्डारीले आईसीटीमा लैङ्गिक समानता प्रवर्द्धन गर्न विश्वव्यापी पहलहरूको बारेमा प्रस्तुती दिनेछिन्। 

यस्तै वायरलेस सेवा निर्देशनालय, नेपाल टेलिकमकी निर्देशक, मिनु प्रधानले फाइभजी प्रविधि र त्यसको प्रभावले स्मार्ट शहर, स्मार्ट समुदामुदाय, स्मार्ट परिवार जस्ता स्मार्ट समाजको विकासमा फाइभजीले ल्याउनेलैंगिक समानताको बारेमा कार्यपत्र प्रस्तुत गर्नेछिन् ।

यस कन्फ्रेन्समा प्रमुख अतिथीको रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मन्त्री रेखा शर्माको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन्।

वुमन इन इन्फरमेसन टेक्नोलोजी अर्थात सूचना प्रविधिमा महिला (डब्लुआइआइटी)को आयोजनामा हुने उक्त कार्यक्रमलाई नेपाल टेलिकम र लिभिङ विथ आइसिटीले सहकार्य रहेको छ।

डब्लुआइआइटी आइसिटी क्षेत्रमा महिलाको प्रभावकारी सहभागिता र उनीहरुलाई थप प्रोत्साहनको लागि स्थापना गरिएको गैर सरकारी संस्था हो । संस्थाले महिलाहरुका लागि विभिन्न वर्कशप, सेमिनार, ह्याकाथन, वार्षिक प्रकाशन, नेटवर्किङ कार्यक्रम, डिजिटल साक्षरता सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।