अनुसन्धानमा चीन विश्वमै अग्रणी देखियो, चीनले एकाधिकार जमाउने त्रासमा पश्चिमा मुलुक

बिजमाण्डू
२०७९ फागुन २१ गते ११:२१ | Mar 5, 2023
अनुसन्धानमा चीन विश्वमै अग्रणी देखियो, चीनले एकाधिकार जमाउने त्रासमा पश्चिमा मुलुक

काठमाडौं। पश्चिमी मुलुकहरूले अनुसन्धानको विश्वव्यापी प्रतिस्पर्धा गुमाउँदा चीनले ४४ वटा महत्वपूर्ण र उदीयमान प्रविधिहरूमध्ये ३७ मा ‘आश्चर्यजनक नेतृत्व’ पाएको छ। सुरक्षा, अन्तरिक्ष, ऊर्जा र बायोटेक्नोलोजी क्षेत्र ट्रयाक गरिरहेको एक सुरक्षा थिंक ट्याङ्कले  यस्तो जनाएको हो।

Tata
GBIME
Nepal Life

अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युट(एएसपीआई) ले अध्ययनमार्फत् विश्वका शीर्ष १० अनुसन्धान संस्थाहरू चीनमा अवस्थित रहेको बताएको छ। अध्ययन अनुसार अमेरिका प्राय: दोस्रो श्रेणीमा रहने गरेको देखिएको छ। यद्यपि अमेरिकाले कम्प्युटिङ, क्वान्टम कम्प्युटिङ, साना उपग्रह र खोपहरूमा विश्वव्यापी अनुसन्धानको नेतृत्व गरिरहेको छ।

‘पश्चिमी मुलुकहरूले वैज्ञानिक र अनुसन्धानको दौडसहित विश्वव्यापी प्राविधिक प्रतिस्पर्धा गुमाउँदै छन्,’ प्रतिवेदनमा उल्लेख छ, ‘त्यहीँ चीनले प्रभाव अनुसन्धानमा आश्चर्यजनक नेतृत्व स्थापित गरेको छ।’

प्रतिवेदनले पछि परेका मुलुकहरुलाई रणनीतिक रुपमा प्राविधिक प्रतिस्पर्धालाई द्रुत रूपमा पछ्याउन आह्‍वान गरेको छ। यसकालागि बिभिन्न देशहरुको सहकार्य अपरिहार्य रहेको पनि प्रतिवेदनले सुझाएको छ। 

एएसपीआईले सबैभन्दा धेरै प्रयोग भएका वैज्ञानिक कागजातहरू ट्रयाक गरेको थियो। जसमा सन् २०२१ मा चीनले गरेको हाइपरसोनिक मिसाइलबारे ‘ब्रेक थ्रु’ पत्ता लगाएको हो। यद्यपि चीनको उक्त सफलता लुकिरह्‍यो। फर्मका अनुसार चीनको अनुसन्धान पहिलै पत्ता लागेको भए धेरै अघि पहिचान हुने थियो।

विगत पाँच वर्षमा चीनले विश्वका सर्वाधिक प्रभावशाली अनुसन्धान प्रतिवेदन तयार गरेको छ। चीन एक्लैले ४८.४९ प्रतिशत उत्पादन गरेको छ। जसमध्ये हाइपरसोनिक र अन्य उन्नत विमान इन्जिनहरू समावेश छन्। यस्तै चीनले विश्वका शीर्ष १० अनुसन्धान संस्थानहरू समेत सञ्चालन गर्दैछ।

फोटोनिक सेन्सर र क्वान्टम कम्युनिकेसनको क्षेत्रमा चीनले गरेको शक्तिशाली अनुसन्धानले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा र न्यूजिल्याण्डको फाइभ आइज जस्तो खुफिया गठबन्धनलाई पनि पछि पार्न सक्ने देखिन्छ। अनुसन्धानकर्ताहरूले प्रभावशाली अनुसान्धानमा चीनले एकाधिकार जमाउने जोखिम पहिचान गरेका हुन्।

चीनले सिंथेटिक जीवविज्ञानसहित इलेक्ट्रिक ब्याट्री, फाइभ जी र नानो उत्पादन जस्ता १० अनुसान्धानका क्षेत्रहरूमा एकाधिकार जमाउने देखिएको हो। चिनियाँ सरकारी अनुसन्धान निकाय एकेडेमी अफ साइन्सेज, ट्रयाक गरिएका अधिकांश ४४ प्राविधिक अनुसन्धानहरूमा पहिलो वा दोस्रो स्थानमा छ। रक्षा, अन्तरिक्ष, रोबोटिक्स, ऊर्जा, वातावरण, बायोटेक्नोलोजी, कृत्रिम बौद्धिकता (एआई), उन्नत सामाग्री र क्वान्टम टेक्नोलोजीमा उसको अनुसन्धान फैलिएको छ।

तथ्यांकले देखाए अनुसार पाँच शीर्ष चिनियाँ अनुसन्धानकर्ताहरूमध्ये एक फाइभ आइज जस्तो खुफिया गठबन्धनका मुलुकमा तालिम लिइरहेका छन्।