
काठमाडौं। मर्जरको प्रस्ताव पारित गर्न धौलागिरी र खप्तड लघुवित्तले विशेष साधारणसभा गर्ने भएका छन्। दुवैले आगामी चैत ६ गतेसभा डाकेका हुन्।
धौलागिरी लघुवित्तको सभा बिहान १० बजेपछि बागलुङमा हुँदै छ। खप्तडले १० बजेपछिका लागि अत्तरियामा सभा डाकेको छ।
दुवै लघुवित्तले मर्जरका लागि गरिएको डीडीए अनुसार स्वाप रेसियो पनि तय गर्ने एजेण्डा छ। विशेष साधारण सभाले दुवै लघुवित्तको गाभ्ने/गभिने सम्बन्धि अन्तिम सम्झौतापत्र, सहमतिपत्र तथा अन्य गरिएका सम्झौताहरु अनुमोदन गर्नेछन्।
मर्जर प्रयोजनका लागि नियामक निकायबाट आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिनेछ। सभाले दुवै लघुवित्तको संचालक समितिमा उक्त अधिकार प्रत्यारोपण गर्नेछ।