प्रभु क्यापिटलको फण्ड व्यवस्थापन कलाः नेप्से घट्दा प्रभु सेलेक्ट फण्डमा वृद्धि

बिजमाण्डू
२०७९ फागुन १९ गते ०९:४३ | Mar 3, 2023
प्रभु क्यापिटलको फण्ड व्यवस्थापन कलाः नेप्से घट्दा प्रभु सेलेक्ट फण्डमा वृद्धि

काठमाडौं। एक अर्ब रुपैयाँ चुक्ता पुँजीको प्रभु क्यापिटल लिमिटेडले फण्ड व्यवस्थापनमा उत्कृष्ट पर्फर्मेन्स देखाएको छ।

Tata
GBIME
Nepal Life

क्यापिटलले आफ्ना लगानी व्यवस्थापन सेवा अन्तर्गतका लगानीकर्ताहरुलाई लगानी रकमको ५ गुणासम्म ३ वर्षको अन्तरालमा प्रतिफल प्रदान गर्न सफल भएको छ।

क्यापिटलले करिब २ वर्षअघि निष्कासन गरेको पहिलो सामूहिक लगानी योजना प्रभु सेलेक्ट फण्डमा झण्डै ४ गुणा बढीले ओभर सब्सक्राइब भएबाट नै लगानीकर्ताहरुले प्रभु क्यापिटल र यसको लगानी व्यवस्थापन सेवालाई विश्वास गरेको देख्‍न सकिन्छ।

प्रभु सेलेक्ट फण्डको अवस्था

प्रभु सेलेक्ट फण्डले निष्कासन हुँदाको बखतमा नेप्से परिसूचक २९०० आसपास थियो। निष्कासन भएको केही समयपछि नेप्से परिसूचक बढेर ३१९८ पुग्दा सोही क्रममा प्रभु सेलेक्ट फण्डमा समेत यसको प्रभाव सकारात्मक परेको थियो।

नेप्से परिसूचक ३१९८ पुगेपछि त्यहाँबाट क्रमिक रुपमा नेप्से परिसूचक घटेर तल आउँदा यसको प्रभाव प्रभु सेलेक्ट फण्डमा पनि परेको देखिन्छ।

किनकी अहिलेको हाम्रो पुँजी बजारमा मुनाफा हुनको लागि खरिद गरेपछि बजार बढ्नै पर्ने हुन्छ। त्यस्तो अवस्थामा सेयर बजार नकारात्मक हुँदा र नेप्से परिसूचक नकारात्मक हुँदा प्रभु सेलेक्ट फण्डले सूचीकृत संगठित संस्थाहरुको सेयरमा मात्रै लगानी गर्ने भएको पक्कै पनि त्यसको प्रभाव प्रत्यक्ष रुपमा पर्दछ।

यद्यपि प्रभु क्यापिटलको लगानी व्यवस्थापन कौशलका कारण बजारमा निरन्तरको उतारचढाव हुँदै गर्दा यसले नेप्सेको नकारात्मक प्रभावलाई विस्तारै कम गर्दै लगेको देख्‍न सकिन्छ।

माथिको चार्टमा हेर्‍यौं भने पनि हामी नेप्से परिसूचक प्रभु सेलेक्ट फण्ड जारी भएको अवस्थाबाट हालको अवस्थामा आउँदा २२.४८ प्रतिशतले नकारात्मक हुँदा प्रभु सेलेक्ट फण्डको न्याभमा भने ५.८० प्रतिशतको लाभ प्राप्त गर्न सफल भएको देखिन्छ। यस्तै गरी अगाडि बढ्दै जाँदा चालु आर्थिक वर्षको लागि प्रभु सेलेक्ट फण्डले आफ्ना युनिट होल्डरलाई प्रतिफल समेत वितरण गर्न सक्ने देखिन्छ। समाचार तयार पार्दासम्म प्रभु सेलेक्ट फण्डको न्याभ १०.५८ रुपैयाँ छ।

अन्य फण्डसँगको तुलना गर्दा

यसबाहेक पनि प्रभु सेलेक्ट फण्डसँगै निष्कासन भएका अन्य फण्डहरुसँग तुलना गर्दा प्रभु क्यापिटलले आफ्नो पहिलो सामूहिक लगानी योजनालाई तुलानात्मक रुपमा निकै उत्कृष्ट ढंगबाट व्यवस्थापन गर्दै आएको देखिन्छ ।

सन् २०२१ को फेब्रुअरीबाट प्रभु क्यापिटलसँग निष्कासन भएका ९ वटा सामूहिक लगानी योजनाहरुको न्याभ उतारचढावको ग्राफलाई दाँजेर हेर्ने हो भने प्रभु क्यापिटलले व्यवस्थापन गरेको प्रभु सेलेक्ट फण्ड न्याभको आधारमा दोस्रो स्थानमा रहेको देखिन्छ।

प्रभु सेलेक्ट फण्डको न्याभ यस बीचमा १०.५८ रहेको छ । पहिलोमा प्रभु सेलेक्ट फण्डभन्दा अगाडि नेप्से परिसूचक करिब २४०० आसपास हुँदा निष्कासन भएको कुमारी क्यापिटलको पहिलो सामूहिक लगानी योजना कुमारी इक्विटी फण्ड छ। यसको न्याभ ११.१० कायम रहेको देखिन्छ।

यसरी अन्य लगानी व्यवस्थापकहरुसँग दाजेर हेर्ने हो भने पनि हामीलाई प्रभु क्यापिटलसँग रहेको लगानी कौशलको बारेमा अनुमान गर्न सकिन्छ।