
काठमाडौं। समृद्धि फुड्स प्रडक्ट प्रालिले सन् २०२२ को अन्त्यसम्म एक अर्ब १४ करोड रुपैयाँको कारोबार गरेको छ। यो पछिल्लो चार वर्ष यताकै सर्वाधिक हो।
सन् २०२१ मा कम्पनीले ९७ करोड रुपैयाँ र २०२० मा ९५ करोड रुपैयाँको कारोबार गरेको थियो।
कम्पनीले आफ्नो गहुँ मिलबाट मैदा, आटा, सुजी, चोकर लगायत सामाग्री उत्पादन गर्दै आएको छ। उत्पादन अनन्त भोग ब्राण्डमार्फत बिक्री वितरण हुने गरेको छ।
आठजना प्रमुख सेयरधनी रहेका समृद्धि फुड्सको कारखाना कपिलवस्तुमा छ। यसको जडित क्षमता प्रतिदिन १५० मेगा टन छ। सन् २०१८ मेबाट कम्पनीले व्यावसायिक उत्पादन सुरु गरेको हो।