विश्वबजारमा रोजगारी कटौती भइरहँदा दुई जापानी कार कम्पनीले ३० वर्ष यताकै धेरै तलब बढाए

बिजमाण्डू
२०७९ फागुन ११ गते १३:०१ | Feb 23, 2023
विश्वबजारमा रोजगारी कटौती भइरहँदा दुई जापानी कार कम्पनीले ३० वर्ष यताकै धेरै तलब बढाए

काठमाडौं। विश्वबजार रोजगारी कटौतीको सामाना गरिरहेको बेला जापानी मोटर कम्पनीहरूले ३० वर्ष यताकै सबैभन्दा धेरै तलब वृद्धिको घोषणा गरेका छन्। टोयोटाले २० वर्ष र होन्डाले ३० वर्ष यताकै सबैभन्दा धेरै तलब बढाएका हुन्।

Tata
GBIME
Nepal Life

जापानी मोटर उद्योगका जायन्ट टोयोटा र होन्डाले जापानमा आफ्ना कामदारहरूलाई तीन दशकयताकै सबैभन्दा ठूलो पारिश्रमिक दिन सहमत भएको बताएका छन्। यी विश्वको तेस्रो ठूलो अर्थतन्त्रको सबैभन्दा त्यस्ता कम्पनी हुन् जसले सवारी साधनको मूल्य उकालो लाग्दा पनि तलब वृद्धि गर्न सक्षम भएका हुन्।

गत महिना प्रकाशित आधिकारिक तथ्यांकले जापानको मुद्रास्फीति दर ४० वर्षयताकै उच्चस्तरमा रहेको देखाएको छ। उक्त तथांकले व्यवसाय र अधिकारिक निकायलाई आम मानिसलाई मद्दत गर्न दबाब दिएको छ। बढ्दो मुद्रास्फीतिले आम मानिसहरुको खर्च गर्ने शक्ति घट्दै गएको छ।

प्रत्येक वर्ष जापानी कम्पनीहरूले सामान्यतया मार्चको मध्यतिर आफ्नो निर्णय घोषणा गर्नु अघि युनियनहरूसँग तलब वृद्धि गर्ने बारेमा वार्ता गर्ने गर्छन्।

बुधबार टोयोटाले तलब र बोनसको लागि संघको माग पूरा गर्ने बताएको छ। टोयोटाको यो निर्णयले कर्मचारीहरुको तलब २० वर्षमा सबैभन्दा बढी बढ्ने छ। यो २० वर्ष यताकै सबैभन्दा धेरै तलब वृद्धि हो।

टोयोटाका नवनिर्वाचित अध्यक्ष कोजी सातोले यो कदमले जापानको मोटर उद्योगमा सकारात्मक प्रभाव पार्ने र प्रत्येक कम्पनीमा श्रम र व्यवस्थापनबीच स्पष्ट छलफल हुने आशा व्यक्त गरेका छन्। यसबाहेक कम्पनीले तलब कसरी बढाइयो वा किन बढाइयो भन्ने बारेमा थप जानकारी दिएको छैन्।

यसैबीच यसको ठुलो प्रतिद्वन्द्वी कार निर्माता होन्डाले पनि तलब वृद्धि र बोनसका लागि युनियनको अनुरोधलाई सहमति जनाएको छ। केही समय अगाडि कर्मचारी युनियनले कम्पनीलाई तलब वृद्धि र बोनसको बारेमा निर्णय पठाएको थियो।

कम्पनीले ३० वर्षयताकै सबैभन्दा बढी आधारभूत तलब बढाउने बताएको छ। होन्डाले उक्त बढेको रकम युवा कर्मचारीहरूलाई वितरण गरिने बताएको छ। किनभने सुरुवाती तलब बढाइएको हो।

व्यवसायको गम्भीर वातावरणको बाबजुद पनि सबै कर्मचारीहरूले आफ्नो कामलाई तीव्रताका साथ अगाडि बढाउन सक्ने वातावरण सिर्जना गर्ने योजनाका साथ कर्मचारीको तलब वृद्धि गरिएको कम्नपीले जनाएको छ।

यो वर्षको सुरुमा जापानका प्रधानमन्त्री फुमियो किशिदाले बढ्दो मूल्यसँग संघर्ष गरिरहेका मानिसहरूलाई मद्दत गर्न यस्ता कम्पनीहरूलाई तलब वृद्धि गर्न आह्वान गरेका थिए। जनवरीमा फेशन चेन युनिक्लोको फास्ट रिटेलिङले जापानमा कर्मचारीहरूको तलब ४० प्रतिशतसम्म बढाउने बताएको थियो।

उक्त कम्पनीले नयाँ तोकिएको तलब नीति जापानको मुख्यालय र कम्पनी स्टोरहरूमा मार्चको सुरुदेखि फुल-टाइम कर्मचारीहरूलाई लागू हुने जनाएको छ।

दशकौंसम्म जापानमा मूल्य र तलब वृद्धि दुवै स्थिर थियो। हालका महिनाहरूमा विश्वभर मुद्रास्फीति बढ्दो क्रम छ। यसमा धेरै देशहरूले महामारी प्रतिबन्धहरूले गर्दा आर्थिक रुपमा कमजोर बन्दै गएका थिए। सोही समय फेरी युक्रेनमा युद्धले ऊर्जाको मूल्यहरू बढायो।

डिसेम्बरमा जापानको मुख्य उपभोक्ता मुल्य एक वर्ष अघिको तुलनामा ४ प्रतिशतले बढ्यो।