फागुन १८ गतेदेखि प्रभु स्मार्ट फन्ड, ८० लाख इकाइसम्मका लागि आवेदन दिन पाइने

२०७९ फागुन ९ गते ०९:५५
फागुन १८ गतेदेखि प्रभु स्मार्ट फन्ड, ८० लाख इकाइसम्मका लागि आवेदन दिन पाइने


काठमाडौ। फागुन १८ गतेबाट एक बन्दमुखी सामूहिक लगानी कोषको निष्कासन तथा बिक्री खुला गरिने भएको छ।

TATA
GBIME

सो दिनबाट प्रभु म्यूचुअल फन्ड अन्तर्गत संचालन हुने ‘प्रभु स्मार्ट फन्ड’ को निष्कासन तथा बिक्री खुला हुने भएको हो।

क्यापिटलले सो योजना अन्तर्गत कुल ८ करोड इकाइको निष्कासन तथा बिक्री गर्ने भएको हो। जसमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाइ १४ प्रतिशतले हुन आउने १ करोड १२ लाख इकाइ छुट्याइएको छ भने योजना वयवस्थापक प्रभु क्यापिटलका लागि १ प्रतिशतले हुन आउने ८ लाख इकाइ छुट्याइएको छ।

भने बाँकी रहेको ६ करोड ८० लाख इकाइ सार्वजनिक रुपमा निष्कासन तथा बिक्री गरिदैछ। सो इकाइमा फागुन १८ गतेबाट २३ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समय सम्म प्रयाप्त आवेदन नपरे आवेदन अवधी चैत्र ५ गतेसम्म लम्बिने छ।

आवेदन प्रति इकाइ १० रुपैयाँका दरल न्यूनतम १०० इकाइ र अधिकतम ८० लाख इकाइ सम्मका लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ।


Sunrise Bank