सुपर शोको भ्यालेन्टाइन मन्थ अफर, विद्युतीय स्कुटर तथा बाइकमा २० हजार नगद छुट



२०७९ फागुन ५ गते १५:०८
सुपर शोको भ्यालेन्टाइन मन्थ अफर, विद्युतीय स्कुटर तथा बाइकमा २० हजार नगद छुट


काठमाडौं। सुपर शोको विद्युतीय स्कुटर तथा बाइक किन्दा २० हजार नगद छुट पाइने भएको छ।

TATA
GBIME

सुपर शोको आधिकारिक बिक्रेता डिलाइफ स्टाइलले ‘भ्यालेन्टाइन मन्थ अफर’मा यस्तो नगद छुट योजना ल्याएको हो। कम्पनीका अनुसार यो फेब्रुअरी महिनाभरीका लागु हुनेछ।

नगदमा मोटरसाइकल खरिद गर्ने ग्राहकले २० हजार फ्ल्याट छुट पाउने कम्पनीको भनाइ छ।

सुपर शोको विद्युतीय स्कुटर र बाइकले एक पटकको फुल चार्जमा ८० देखि २०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ।

कम्पनीले सीयूएक्स, सिपीएक्स, भीएस वान र सीयू मिनी स्कुटर मोडल बिक्री गर्दै आएको छ। साथै, मोटरसाइकलमा टीएसएक्स, टीसी, टीसी म्याक्स, टीसी वन्डर र टीएस स्ट्रीट मोडल विक्री गर्दै आएको छ।

यी स्कुटर तथा बाइकहरुको मूल्य नेपाली बजारमा १ लाख ९० हजारदेखि ५ लाख रुपैयाँ रहेको छ।


Sunrise Bank