अडानी इन्टरप्राइजेजको खुद नाफामा उछाल, पोहोरभन्दा ४२% ले बढ्यो तेस्रो त्रैमासको आम्दानी

२०७९ फागुन ३ गते ०९:२४
अडानी इन्टरप्राइजेजको खुद नाफामा उछाल, पोहोरभन्दा ४२% ले बढ्यो तेस्रो त्रैमासको आम्दानी


काठमाडौं। अडानी इन्टरप्राइजेज लिमिटेडले गत डिसेम्बरमा समाप्त भएको तेस्रो त्रैमासमा ८२० करोड भारतीय रूपैयाँको समग्र खुद नाफा कमाएको छ। पोहोर सो अवधिमा अडानी इन्टरप्राइजेजलाई ११.६३ करोड रूपैयाँको नोक्सानीमा थियो।

TATA
GBIME

अडानी इन्टरप्राइजेजले व्यापार गरेर डिसेम्बरसम्म ६,६१२ करोड रूपैयाँ आम्दानी गरेको छ। यो गत वर्ष सोही त्रैमासको १८,७५८  करोड रूपैयाँको तुलनामा ४२ प्रतिशतले बढी हो। 

साथै कम्पनीको कुल खर्च गत वर्षको १९,०४७.७ करोड रूपैयाँको तुलनामा यस वर्ष बढेर २६,१७१ करोड रूपैयाँ पुगेको छ। अडानी इन्टरप्राइजेजको सञ्चालन मुनाफा पनि यस वर्ष दोब्बर वृद्धि भएर १,९६८ करोड पुगेको छ।

हिन्डेनवर्ग रिसर्चले गत जनवरी २४ मा सार्वजनिक गरेको नकारात्मक प्रतिवेदनले गर्दा अडानी इन्टरप्राइजेजको सेयरमा ५० प्रतिशत भन्दा बढी गिरावट आएको छ। हिन्डेनबर्गले अडानीको स्वामित्वमा रहेका केही कम्पनीहरुले जाली वित्तीय विवरण र सेयर मूल्यमा चलखेल गरेको भन्दै प्रतिवेदन सार्वजनिक गरेको थियो। हिन्डेनबर्गले लगाएको यस आरोपलाई निराधार र गलत भएको भनेर अडानी समूहले खण्डन गरिरहेको पनि छ।

‘वर्तमान बजारको अस्थिरता अस्थायी हो र दीर्घकालीन मूल्य सृजना गर्ने उद्देश्यका साथ एक क्लासिकल इन्क्यूबेटरको रूपमा, अडानी इन्टरप्राइजेजले मोडरेट लिभरेज र विस्तार र वृद्धि गर्ने रणनीतिक अवसरहरू हेर्ने दुई मुख्य उद्देश्यहरूका साथ काम गर्न जारी राख्नेछ,’ अध्यक्ष गौतम अडानीले भने।

अडानीको एकीकृत स्रोत व्यवस्थापन गर्ने व्यवसायले १७,५९५ करोड रूपैयाँको आम्दानी गरेको छ। यो गत वर्षको भनुदा ३८ प्रतिशतले बढी हो। त्यस्तै, माइनिङ व्यवसायको  बिक्री लगभग तीन गुणाले बढेर २,०४४ करोड रूपैयाँ पुगेको छ।

नयाँ ऊर्जा इकोसिस्टम व्यवसायको आम्दानी पनि दोब्बर भन्दा बढीले वृद्धि भएर १,४२७.४० करोड रूपैयाँ पुगेको छ भने एयरपोर्ट व्यवसायले  १,७३३ करोड रुपैयाँको आम्दानी गरेको छ। यो गत वर्षभन्दा दोब्बर आम्दानी पनि हो।

(इकोनोमिक टाइम्सबाट साभार)


Sunrise Bank