भारतमा इभीको ब्याट्रीमा प्रयोग हुने लिथियम खानी भेटियो, चीनसँगको निर्भरता हट्ने

बिजमाण्डू
२०७९ माघ २९ गते १०:३६ | Feb 12, 2023
भारतमा इभीको ब्याट्रीमा प्रयोग हुने लिथियम खानी भेटियो, चीनसँगको निर्भरता हट्ने

काठमाडौं। विद्युतीय सवारीको लागि आवश्यक ब्याट्रीमा प्रयोग हुने लिथियमको विशाल भण्डार भारतको जम्मु काश्मीरमा पत्ता लागेको छ।

Tata
GBIME
Nepal Life

भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त लिथियमको खानी जम्मु काश्मीरमा रहेको पत्ता लागेको हो। उनीहरुले कुल ५९ लाख टन क्षमताको लिथियम भण्डारण भेटिएको जनाएका छन्।

लिथियमको मोबाइल, ल्यापटप, विद्युतीय सवारीसहित धेरै विद्युतीय सामानहरूमा प्रयोग हुन्छ। चार्जेबल ब्याट्री बनाउन अत्यधिक मात्रामा लिथियमको प्रयोग गरिँदै आएको छ।

भारत लिथियमको स्रोत भएका चिलि, अस्ट्रेलियापछि संसारकै तेस्रो लिथियम भण्डारण भएको देश बनेको छ। यसअघि भारत लिथियमका लागि दोस्रो देशमा निर्भर रहँदै आएको थियो। यो भण्डार पत्ता लागेसँगै भारतको अर्थतन्त्रमा सुधार हुनुका साथै विद्युतीय सवारीको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ।

यसअघि भारतले यसको आयातका लागि करोडौँ रुपैयाँ खर्च गर्दै आएको थियो। भारतले सन् २०२०/२१ मा मात्रै लिथियम आयन ब्याट्री आयातका लागि भारु ८ हजार ८९४ करोड खर्च गरेको थियो। यस्तै २०२१/२२ मा मात्रै भारतले भारु १३ हजार ८३८ करोड खर्च गरेर आयात गर्नु परेको थियो जसमध्ये ८० प्रतिशत चीनबाट आयात गरिएको थियो।

अष्ट्रेलिया, चिली र अर्जेन्टिनामा ठूलो मात्रामा पाइने कडा चट्टानहरू र भूमिगत ब्राइन भण्डारहरूबाट लिथियम निकालिन्छ।

काश्मीरमा लिथियमको भण्डार भेटिएपछि आयात प्रतिस्थापनका साथै निर्यात पनि हुने भएकाले भारतीय अर्थतन्त्रमा यसको महत्त्वपूर्ण योगदान रहने भारतीय अर्थशास्त्रीहरूले जनाएका छन्।

अटो व्यवसायीहरुले यो अटो क्षेत्रको लागि एक उत्साहजनक अवस्था रहेको बताएका छन्। यसले विद्युतीय सवारीसाधनको उत्पादनमा धेरै सहयोग पुग्नेछ। आफ्नै देशमा लिथियम उत्पादन हुँदा अब विद्युतीय गाडीको मूल्य घट्ने अटो व्यवसायीहरुको भनाइ छ।

यसले ब्याट्रीको लागत घटाउने हुँदा विद्युतीय गाडीको मूल्य सोत कम हुन जाने अटो व्यवसायीको भनाइ रहेको छ। नेपालमा पनि भारतमा उत्पादन भएका धेरै विद्युतीय गाडीहरु नेपाल आयात हुने गरेका छन्। यसको फाइदा नेपालले पनि लिन सक्ने देखिन्छ।

हाल भारतमा टाटाले विद्युतीय गाडी निर्माण गरिरहेको छ। यसका साथै हुन्डाई, किया, मर्सिडिज, सुजुकी, महिन्द्रा लगायत एक दर्जन गाडी उत्पादक कम्पनीहरुले विद्युतीय गाडीहरु भारतमै निर्माण गरिरहेका छन्।

सन् २०२३ मा चीनले बोलिभियाको विशाल लिथियम भण्डारहरू विकास गर्न १ अर्ब डलरमा सम्झौतामा हस्ताक्षर गरेको छ। विश्वमा चीन लिथियम भन्डारणको सबैभन्दा ठूलो हो।

विश्व बैंकका अनुसार सन् २०५० सम्ममा विश्वव्यापी जलवायु लक्ष्यहरू पूरा गर्न महत्त्वपूर्ण खनिजहरूको उत्खनन ५०० प्रतिशतले वृद्धि गर्नुपर्नेछ। तर लिथियम उत्खनन प्रक्रिया वातावरणमैत्री नभएको विज्ञहरू बताउँछन्।

यसलाई उत्खनन गरिसकेपछि, यसलाई जीवाश्म इन्धन प्रयोग गरेर अन्तिम रुप दिइन्छ। निकासी प्रक्रियालाई धेरै पानी चाहिन्छ र यसले वायुमण्डलमा कार्बन डाइअक्साइडको ठूलो मात्रा छोड्छ। यसमा ठूलो मात्रामा पानी प्रयोग गरिन्छ।

यस्तो गतिविधिले प्राकृतिक स्रोतहरू समाप्त गर्ने र तीव्र पानीको अभाव निम्त्याउने विज्ञहरू बताउँछन्।