
काठमाडौं। पर्यटकीय गतिविधिमा वृद्धि भएपछि तारागाउँ रिजेन्सी होटल्सको व्यवसाय शतप्रतिशत बढेको छ। कम्पनीको नाफामा पनि उल्लेख्य सुधार देखिन्छ।
पोहोर पुसमा १ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको होटलले चालु आर्थिक वर्षको ६ महिनामा १० करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
सो अवधिमा कम्पनीले ५३ करोड ११ लाख रुपैयाँको व्यापार गरेको छ। पोहोर पुससम्म २६ करोड ४७ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। अन्य स्रोतको आम्दानीमा पनि व्यापक वृद्धि देखिन्छ। ९ करोड ३१ लाख रुपैयाँ कोर बिजनेस बाहेकको आम्दानी हो।
पुस अन्त्यसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ८८ लाख रुपैयाँ छ। अवितरित नाफा र जगेडामा ५४ करोड रुपैयाँ सञ्चित छ।
नाफासँगै प्रतिसेयर आम्दानी बढेर ५.६३ रुपैयाँ पुगेको छ। प्रति सेयर नेटवर्थ १३,३०८ रुपैयाँ छ।