
काठमाडौं। साना ऋणीका लागि नेपाल राष्ट्र बैंक उदार देखिएको छ। शुक्रबार चालु वर्षको मौद्रिक नीतिको अर्द्ध-वार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले साना ऋणीको ऋण पुनर्संरचना गर्ने समय दिएको छ।
गत पुस समान्तसम्म सक्रिय वर्गमा रहेका २ करोडसम्म ऋण लिएकाहरुलाई राष्ट्र बैंकले ऋण पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने सुविधा दिएको छ।
साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न राष्ट्र बैंकले यो नीति लिएको हो।
२ करोडसम्म ऋण लिएका यी ऋणीले २०८० असार मसान्तसम्म आफ्नो ऋण पुनर्संचरना वा पुनर्तालिकीकरण गराइसक्नु पर्छ। यसको सर्त भनेको पुससम्म ऋणको ब्याज र किस्ता तिरेको हुनुपर्छ।