BIZMANDU
www.bizmandu.com

दुई करोडसम्म ऋण लिएकाले पैसा तिर्ने भाका सार्न सक्ने, तर पुससम्म तिरेको हुनै पर्ने

२०७९ माघ २७

दुई करोडसम्म ऋण लिएकाले पैसा तिर्ने भाका सार्न सक्ने, तर पुससम्म तिरेको हुनै पर्ने
दुई करोडसम्म ऋण लिएकाले पैसा तिर्ने भाका सार्न सक्ने, तर पुससम्म तिरेको हुनै पर्ने


काठमाडौं। साना ऋणीका लागि नेपाल राष्ट्र बैंक उदार देखिएको छ। शुक्रबार चालु वर्षको मौद्रिक नीतिको अर्द्ध-वार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले साना ऋणीको ऋण पुनर्संरचना गर्ने समय दिएको छ।

Tata
GBIME
Nepal Life

गत पुस समान्तसम्म सक्रिय वर्गमा रहेका २ करोडसम्म ऋण लिएकाहरुलाई राष्ट्र बैंकले ऋण पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने सुविधा दिएको छ।

साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न राष्ट्र बैंकले यो नीति लिएको हो।

२ करोडसम्म ऋण लिएका यी ऋणीले २०८० असार मसान्तसम्म आफ्नो ऋण पुनर्संचरना वा पुनर्तालिकीकरण गराइसक्नु पर्छ। यसको सर्त भनेको पुससम्म ऋणको ब्याज र किस्ता तिरेको हुनुपर्छ।